१६ चैत्र २०८२, सोमबार

दुई दिनमा सेयर बजारले गुमायो ११९ अंक, सबै सूचक ओर्लिए

 

१६ चैत, काठमाडौं ।

सोमबार पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । कारोबारको दोस्रो दिन बजार परिसूचक नेप्से ४७.७१ अंक घटेको छ । यो सँगै नयाँ सरकार गठन भएपछिको दुई दिनमा नेप्सेले ११९ अंक गुमाएको छ । अघिल्लो दिन नेप्से ७१ अंक घटेको थियो । आजको कारोबारपछि नेप्से २८३१ अंकमा झरेको छ । नयाँ सरकार गठन हुनुअघि २ हजार ९५० अंकमा थियो ।

आज बजार खुलेपछि मध्य समयसम्म सम्हालिए पनि त्यसपछि तीव्र ओरालो लाग्यो । बजारसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १५ अर्ब ३ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९६ करोडको भयो । २६ कम्पनीको मूल्य बढ्दा २३७ को घट्यो भने ५ को स्थिर रह्यो । बजारका सबै समूहगत सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै २.५६ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ १.८६, विकास बैंक १.२४, फाइनान्स २.००, होटल तथा पर्यटन १.१८, हाइड्रोपावर १.९३, लगानी १.५९, जीवन बीमा १.४०, उत्पादन तथा प्रशोधन ०.२१, माइक्रोफाइनान्स १.३०, निर्जीवन बीमा १.८२ र अन्य समूह २.१३ प्रतिशत घटे ।

६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन्। सप्तकोशी विकास बैंकको मूल्य ९.८३ प्रतिशत बढ्यो । सोलु हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.७९, युनिक नेपाल लघुवित्तको ७.२३, सीवाईसी लघुवित्तको ६.८६, मल्टिपर्पज फाइनान्सको ४.९३ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, ङादी ग्रुप, शिवम् सिमेन्ट, अपी पावर र नेसनल हाइड्रोपावर कम्पनी छन् ।

Post Comment

छुटाउनुभयो कि ?