सुधन गुरुङ गृहमन्त्री बन्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १३, २०८२
|
|
१४२ पटक हेरिएको
Shares
सुधन गुरुङ गृहमन्त्री बन्दै

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ गृहमन्त्री बन्ने भएका छन् ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाह नेतृत्वको सरकारमा सुधनलाई गृहमन्त्रीको जिम्मेवारीमा पठाउन लागेको हो ।
  • रास्वपा संसदीय दलका नेता बालेनलाई राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेरअघि प्रधानमन्त्रीमा नियुक्त गरिसकेका छन् ।

 

१३ चैत,काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ गृहमन्त्री बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाह नेतृत्वको सरकारमा सुधनलाई गृहमन्त्रीको जिम्मेवारीमा पठाउन लागेको हो । रास्वपा संसदीय दलका नेता बालेनलाई राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेरअघि प्रधानमन्त्रीमा नियुक्त गरिसकेका छन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलका नेताको हैसियतमा बालेन प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनी नेतृत्वको मन्त्रिपरिषद्मा सुदनलाई महत्वपूर्ण र बलियो मानिने गृहमन्त्रालय दिन लागिएको हो । सुधन गुरुङ गत भदौ २३ र २४ को जेनजी आन्दोलनपश्चात् एकाएक चर्चामा आएका हुन् । गोरखाको चुमनुव्री गाउँपालिका–३ सिर्दिवास पुर्ख्यौली थलो भएका गुरूङको जन्म २०४४ सालमा भएको हो । काठमाडौंको मल्टी इन्टरनेसनल कलेजमा ‘ए लेभल्स’ को पढाइ सकेपछि उनी विपद् सम्बन्धी तालिम लिएर सहजकर्ताको रूपमा काममा लागेका थिए । विभिन्न संघसंस्थासँग जोडिएर काम गर्ने अवसर पाउँदै गएपछि गुरुङ सामाजिक कार्यमा अग्रसर भएका थिए । २०७२ सालको भूकम्पपछि ‘हामी नेपाल’ नामक संस्था खोलेर उनी राहत तथा उद्दारमा खटिएका थिए ।

‘शिक्षा, स्वास्थ्य, विपद् र समाजमा देखिएको विसङ्गति विरुद्ध आवाज उठाउने उद्देश्यसहित म एक्लैले यो संस्था खोलेँ,’ गुरुङ भन्दै आएका छन्, ‘पछि अरूहरू पनि जोडिँदै जानुभयो ।’ घटनाक्रम अनुसारका विभिन्न आन्दोलनमा समेत उनी सहभागी बन्दै आए । बाढीपहिरोजस्ता विपद्मा मात्र नभई कोभिडको समयमा पनि उनी आबद्ध संस्थाले विभिन्न ठाउँमा सहयोग गर्‍यो । कोभिड अस्पताल निर्माणदेखि ड्रोनबाट राहत वितरणको काममा समेत उनको संस्था अग्रसर देखियो । सामाजिक कार्यमा व्यस्त रहँदै आएका उनलाई धेरैले चिन्दैनथे । सुदन गुरूङ नेपाली राजनीतिक वृत्तमै हलचल ल्याउने गरी गत २३ भदौमा भएको जेनजी आन्दोलनका कारण सर्वाधिक चर्चामा आए । तर, उनी जेनजी उमेर समूहका युवा भने होइनन् । २३ भदौमा युवाहरू काठमाडौंको माइतीघर मण्डलामा भेला हुँदा गुरुङले  स्वयमसेवकको रूमा चिनाएका थिए ।

जेनजी आन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको खुट्टा ढोगे पछि उनको चर्चा थप चुलिएको थियो । गुरूङमाथि जेनजी आन्दोलन ‘हाईज्याक’ गरेको आरोप पनि लागेको थियो । गुरूङले आफ्नै समर्थनमा सरकार बनेको दुईपछि नै प्रधानमन्त्री कार्कीको राजीनामा माग गर्दै मध्यरातमा बालुवाटारमा प्रदर्शन पनि गरेका थिए । कार्की नेतृत्वको अन्तरिम सरकार गठनदेखि मन्त्रिमण्डल विस्तारसम्म उनको बोलबाला चल्यो । उनले निर्वाचनको सम्मुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) र काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख बालेन्द्र शाह (बालेन) लाई एक ठाउँमा उभ्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी बालेनसँगै रास्वपामा मिसिए । सामाजिक अभियन्ताबाट राजनीतिमा फड्को मारेका उनले आसन्न निर्वाचनमा गोरखा–१ बाट टिकट समेत पाए । उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीलाई १४ हजार ४९८ मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरिया सरकारको एक अर्ब सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउँदै
कोरिया सरकारको एक अर्ब सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउँदै
वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रधानमन्त्री बालेनको घोषणा
वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रधानमन्त्री बालेनको घोषणा
धरानबाट दुई हजार १३० केजी गाँजासहित ट्रक बरामद
धरानबाट दुई हजार १३० केजी गाँजासहित ट्रक बरामद
लेर्डल ग्लोबल हेल्थ द्वारा सरकारलाई आपतकालीन हेरचाह लर्निङ ल्याब किट हस्तान्तरण
लेर्डल ग्लोबल हेल्थ द्वारा सरकारलाई आपतकालीन हेरचाह लर्निङ ल्याब किट हस्तान्तरण
भारतका पूर्वगृहमन्त्री शिवराज पाटिलको निधन
भारतका पूर्वगृहमन्त्री शिवराज पाटिलको निधन
अर्थमन्त्री र गभर्नरबिच दरारको खोजी गर्नेहरू निराश हुनेछन्: अर्थमन्त्री पौडेल
अर्थमन्त्री र गभर्नरबिच दरारको खोजी गर्नेहरू निराश हुनेछन्: अर्थमन्त्री पौडेल
विद्युत प्राधिकरणबाट कुलमान घिसिङ पदमुक्त
विद्युत प्राधिकरणबाट कुलमान घिसिङ पदमुक्त
गृहमन्त्री गुरुङमाथि छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न एमालेको माग
गृहमन्त्री गुरुङमाथि छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न एमालेको माग
सांसद शाहीको प्रधानमन्त्रीलाई प्रश्न: क्रिकेट खेलाडीलाई दिने भनिएको रकम किन रोकेको ?
सांसद शाहीको प्रधानमन्त्रीलाई प्रश्न: क्रिकेट खेलाडीलाई दिने भनिएको रकम किन रोकेको ?
दशैंपछि उपत्यकाका ३७ ठाउँबाट १ करोडका धनमाल चोरी
दशैंपछि उपत्यकाका ३७ ठाउँबाट १ करोडका धनमाल चोरी