प्रतिनिधि सभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, कुल खर्च ५ अर्ब ३७ करोड रुपैयाँ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र ६, २०८२
|
|
५२ पटक हेरिएको
Shares
प्रतिनिधि सभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, कुल खर्च ५ अर्ब ३७ करोड रुपैयाँ

सारांश

  • निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरिएको जानकारी दिएका छन्।
  • बिहीबार आयोगमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मत परिणामसहितको प्रतिवेदन प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६२ बमोजिम राष्ट्रपति समक्ष पेश गरिएको बताए ।
  • राष्ट्रपति भवनमा प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपतिले विशेष परिस्थितिमा सम्पन्न भएको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गराएको भन्दै आयोगलाई धन्यवाद दिएको प्रवक्ता भट्टराईले उल्लेख गरे ।

६ चैत,काठमाडौं ।

निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरिएको जानकारी दिएका छन्। बिहीबार आयोगमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मत परिणामसहितको प्रतिवेदन प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६२ बमोजिम राष्ट्रपति समक्ष पेश गरिएको बताए ।

राष्ट्रपति भवनमा प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपतिले विशेष परिस्थितिमा सम्पन्न भएको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गराएको भन्दै आयोगलाई धन्यवाद दिएको प्रवक्ता भट्टराईले उल्लेख गरे । उनले भने, ‘फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणाम सहितको प्रतिवेदन प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६२ बमोजिम आज सम्माननीय राष्ट्रपति ज्यू समक्ष निर्वाचन आयोगले प्रतिवेदन पेश गरेको छ।’ भट्टराईले निर्वाचन परिणाम अनुसार प्रत्यक्षतर्फ ६ वटा राजनीतिक दलका १६४ जना र १ जना स्वतन्त्र उम्मेदवार गरी १६५ जना निर्वाचित भएका पनि बताए । यस्तै, समानुपातिकतर्फ ६ दलका ११० जना निर्वाचित भएका छन् भने यससँगै कुल २७५ सदस्यीय प्रतिनिधि सभामा १७९ पुरुष र ९६ महिला निर्वाचित भएका छन्।

समावेशी विवरणअनुसार आदिवासी जनजाति २१।०९ प्रतिशत, खस आर्य ४९।०९ प्रतिशत, थारु ३।२७ प्रतिशत, दलित ६।१८ प्रतिशत, मधेसी १६।७३ प्रतिशत र मुस्लिम ३।६४ प्रतिशत प्रतिनिधित्व रहेको छ । निर्वाचनका लागि आयोगले ७ अर्ब १ करोड ५ लाख ७६ हजार रुपैयाँ बजेट माग गरेकोमा अर्थ मन्त्रालयबाट ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँ प्राप्त भएको थियो। हालसम्म ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ खर्च भएको र बाँकी दायित्वसमेत जोड्दा कुल खर्च ५ अर्ब ३७ करोड रुपैयाँ पुगेको आयोगले जनाएको छ ।

‘निर्वाचन प्रयोजनका लागि आयोगबाट ७ अर्ब १ करोड ५ लाख ७६ हजार रुपैयाँ माग भएकोमा अर्थमन्त्रालयबाट ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँ प्राप्त भएको थियो । प्राप्त भएको रुपैया मध्ये ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैया खर्च भएको छ हालसम्म । भुक्तानी गर्न बाँकी गर्न दायित्व समेत हिसाब गर्दा जम्मा खर्च भएको रकम ५ अर्ब ३७ करोड रुपैया रहेको छ,’ उनले भने । यस आधारमा निर्वाचन मितव्ययी रूपमा सम्पन्न गरिएको पनि आयोगको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यक्तिको नाम तोकेरै संसदीय छानबिन समिति गठन हुनुपर्छ : कांग्रेस
व्यक्तिको नाम तोकेरै संसदीय छानबिन समिति गठन हुनुपर्छ : कांग्रेस
प्रधानाध्यापक हत्या प्रकरण : प्रेमिकासहित ७ जना पक्राउ
प्रधानाध्यापक हत्या प्रकरण : प्रेमिकासहित ७ जना पक्राउ
दिपक भट्ट र सुलभलाई थुनामा पठाउन उच्चको आदेश
दिपक भट्ट र सुलभलाई थुनामा पठाउन उच्चको आदेश
धादिङको थाक्रेमा पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग बन्द
धादिङको थाक्रेमा पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग बन्द
आन्दोलनमा घाइते कवाड व्यवसायीको नि:शुल्क उपचार गर्न अमरेशको माग
आन्दोलनमा घाइते कवाड व्यवसायीको नि:शुल्क उपचार गर्न अमरेशको माग
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने
संसद् भवनअगाडि प्रदर्शन गर्ने कृष्ण पहाडी सहित १६ अधिकारकर्मी प्रहरी नियन्त्रणमा
संसद् भवनअगाडि प्रदर्शन गर्ने कृष्ण पहाडी सहित १६ अधिकारकर्मी प्रहरी नियन्त्रणमा
कोशीमा प्रतिपक्षीले गरे सदन बहिष्कार
कोशीमा प्रतिपक्षीले गरे सदन बहिष्कार
कानूनमन्त्रीसहित रास्वपा र राप्रपासँग सभामुखको छलफल, तर भएन सहमति
कानूनमन्त्रीसहित रास्वपा र राप्रपासँग सभामुखको छलफल, तर भएन सहमति
नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु। 
नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु।