सर्लाहीमा युवकलाई नाङ्गै बनाएर सामुहिक कुटपिट, एक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २, २०८२
|
|
१६९ पटक हेरिएको
Shares
सर्लाहीमा युवकलाई नाङ्गै बनाएर सामुहिक कुटपिट, एक पक्राउ

सारांश

  • सर्लाहीको कबिलासी नगरपालिका–१० सलेमपुरस्थित फन पार्कमा एक युवकलाई नाङ्गै बनाएर सामूहिक कुटपिट गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • समाजिक सञ्जाल टिकटकमा भएको गालीगलौजको विषयलाई लिएर गत फागुन २३ गते दिउँसो करिब ४ बजे केही युवाको समूहले चक्रघट्टा -९ का राजकुमार यादवलाई पार्कमा दाउरोको चिरपटले कुटपिट गरेका थिए।
  • कुटपिट गर्ने क्रममा उनलाई नाङ्गै बनाएर अमानवीय व्यवहार गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

०२ चैत, सर्लाही । सर्लाहीको कबिलासी नगरपालिका–१० सलेमपुरस्थित फन पार्कमा एक युवकलाई नाङ्गै बनाएर सामूहिक कुटपिट गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

समाजिक सञ्जाल टिकटकमा भएको गालीगलौजको विषयलाई लिएर गत फागुन २३ गते दिउँसो करिब ४ बजे केही युवाको समूहले चक्रघट्टा -९ का राजकुमार यादवलाई पार्कमा दाउरोको चिरपटले कुटपिट गरेका थिए। कुटपिट गर्ने क्रममा उनलाई नाङ्गै बनाएर अमानवीय व्यवहार गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

घटनापछि पीडित यादवले रोहितकुमार यादवसहितका व्यक्तिविरुद्ध ज्यान मार्ने उद्योग, अपमानजनक तथा अमानवीय व्यवहार तथा कुटपिट गरी अंगभंग गर्ने सम्बन्धी मुद्दामा फागुन २९ गते जाहेरी दिएका थिए।

जाहेरीका आधारमा प्रहरीले प्रतिवादीमध्ये रोहितकुमार यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए।

पक्राउ परेका यादवलाई सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको संसद्‍मा उठ्यो भारत-पाकिस्तान युद्धको विषय
नेपालको संसद्‍मा उठ्यो भारत-पाकिस्तान युद्धको विषय
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन
‘रैथाने मौलिक खाद्य मेला’ २०८२ आज काठमाडौंमा हँदै
‘रैथाने मौलिक खाद्य मेला’ २०८२ आज काठमाडौंमा हँदै
अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा
अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा
संसद पुनर्स्थापना रोजेर महाधिवेशन ढिलो गरे कांग्रेसलाई प्रत्युत्पादक हुन्छ : प्रदीप पौडेल
संसद पुनर्स्थापना रोजेर महाधिवेशन ढिलो गरे कांग्रेसलाई प्रत्युत्पादक हुन्छ : प्रदीप पौडेल
हमासले सार्वजनिक गरे ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’ जसमा नेपालका विपिन जोशी पनि
हमासले सार्वजनिक गरे ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’ जसमा नेपालका विपिन जोशी पनि
मधेस प्रदेशका निलम्बित सांसद सिंहविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
मधेस प्रदेशका निलम्बित सांसद सिंहविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
बाढीपहिरोमा परी सेनाका एक अधिकृतसहित तीनको निधन
बाढीपहिरोमा परी सेनाका एक अधिकृतसहित तीनको निधन
आज १२ औं राष्ट्रिय कृषक दिवस मनाइँदै
आज १२ औं राष्ट्रिय कृषक दिवस मनाइँदै
पिकअप भ्यानले स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाइते
पिकअप भ्यानले स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाइते