Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन २८, २०८०
|
|
४४ पटक हेरिएको
Shares
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता

सारांश

  • राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् ।
  • सत्ता गठबन्धनका उम्मेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका वेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् ।
  • यस्तै कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा)का शेखरकुमार सिंह छन् ।

२८ फागुन, काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका वेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् । यस्तै कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा)का शेखरकुमार सिंह छन् । भोलि मंगलबार बस्ने राष्ट्रिय सभा बैठकमा निर्वाचन हुनेछ । सत्ता गठबन्धनको सहज बहुमत भएकाले दाहाल आफ्नो जितप्रति ढुक्क देखिएका छन् ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले पार्टीभन्दा अलग भएर भूमिका निर्वाह गर्ने बताए । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाइ भएका कारण नभई आफ्नो योगदानअनुसार राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार भएको बताए । आफू २०३६ सालदेखि पार्टीमा लागेको भन्दै उनले भने, ‘अहिले दाजुभाइको नातापाता पर्ने भएकाले हुन्न भन्ने हो भने म युद्धमा हिंड्दा दाइ हिंडेको छ, तँ हिंड्न हुन्न भन्नुपर्थ्यो नि ! त्यसैले यसमा धेरै भन्नु छैन ।’ कांग्रेस उम्मेदवार शर्माले भने लोकतन्त्रमा कसैको हार वा जित नहुने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
तोडफोड र आगजनीमा पार्टीका कार्यकर्ताको संलग्नता भेटिए कारबाही गछौँ :माओवादी
तोडफोड र आगजनीमा पार्टीका कार्यकर्ताको संलग्नता भेटिए कारबाही गछौँ :माओवादी
मधेसका मुख्यमन्त्री सिंहले दिए सुरक्षाकर्मीलाई उद्धारका लागि तयार रहन निर्देशन
मधेसका मुख्यमन्त्री सिंहले दिए सुरक्षाकर्मीलाई उद्धारका लागि तयार रहन निर्देशन
वीरगञ्जमा दुई समुदायबीच झडप, अवस्था तनावग्रस्त
वीरगञ्जमा दुई समुदायबीच झडप, अवस्था तनावग्रस्त
फिस्लिङ दुर्घटना अपडेट : कार चालकको मृत्यु, ३ जनाको अवस्था गम्भीर
फिस्लिङ दुर्घटना अपडेट : कार चालकको मृत्यु, ३ जनाको अवस्था गम्भीर
अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच शिष्टाचार भेटवार्ता
अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच शिष्टाचार भेटवार्ता
विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
एक सय २७ स्थानको मतगणना जारी, रास्वपा ९२ स्थानमा अगाडि, कांग्रेस एमाले बराबर
एक सय २७ स्थानको मतगणना जारी, रास्वपा ९२ स्थानमा अगाडि, कांग्रेस एमाले बराबर
लिग २ क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै
लिग २ क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै
ओरालो लागेकाहरुको एकतामा निकास छैनः घनश्याम भुषाल
ओरालो लागेकाहरुको एकतामा निकास छैनः घनश्याम भुषाल