लेबनानको नेपाली शान्ति सैनिक रहेको ठाउँमा आक्रमण, सैनिक सुरक्षित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १, २०८२
|
|
३६ पटक हेरिएको
Shares
लेबनानको नेपाली शान्ति सैनिक रहेको ठाउँमा आक्रमण, सैनिक सुरक्षित

सारांश

  • संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि लेबनानमा खटिएको नेपाली सैनिकको एक क्याम्पमा हमला भएको छ ।
  • समाचार एजेन्सी एएफपीका अनुसार नेपाली शान्ति सैनिकको बटालियन हेडक्वाटरमा हमला भएको हो ।
  • शुक्रबार बेलुका भएको हमलाबाट नेपाली शान्ति सैनिकहरु भने सुरक्षित रहेको बताइएको छ ।

 

१ चैत, काठमाडौं ।

संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि लेबनानमा खटिएको नेपाली सैनिकको एक क्याम्पमा हमला भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार नेपाली शान्ति सैनिकको बटालियन हेडक्वाटरमा हमला भएको हो । शुक्रबार बेलुका भएको हमलाबाट नेपाली शान्ति सैनिकहरु भने सुरक्षित रहेको बताइएको छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले नेपाली शान्ति सैनिकहरु सुरक्षित रहेको बताए ।

उनले भने, ‘नेपाली शान्ति सैनिक रहेको माइस–अल–जबालमा केही विस्फोट भएको हो । त्यहाँ एक घरमा क्षति पुगेको छ । नेपाली शान्ति सैनिकका व्यक्तिगत केही सामानहरुमा क्षति पुगेको छ । तर मानवीय क्षति भएको छैन ।’ लेबनानभर ५०० बढी नेपाली शान्ति सैनिक तैनाथ छन् । त्यहाँको खटनपटन दक्षिण लेबनानमा अवस्थित बटालियन हेडक्वाटरले गर्छ । बटालियन हेडक्वाटर इजरायलसँगको सिमाना नजिक छ । त्यहाँको फोर्स कमाण्डर उपरथी मानबहादुर थापा छन् । आक्रमणको बेला सबै शान्ति सैनिकहरु बंकरभित्र रहेकाले सुरक्षित छन् । आक्रमणको समयमा हेडक्वाटरमा कति संख्यामा शान्ति सैनिक थिए भन्ने यकिन भएको छैन ।

‘त्यहाँ अदलीबदली, आउजाउ भइरहन्छ त्यसैले आक्रमणको बेला कति शान्ति सैनिक थिए भन्ने यकिन छैन,’ सैनिक प्रवक्ता बस्नेतले भने । लेबनानको सरकारी समाचार संस्था नेशनल न्युज एजेन्सीले इजरायलको गोला नेपाली शान्ति मिसनको हेडक्वाटरमा खसेको जिकिर गरेको छ । ‘इजरायली गोला माइस–अल–जबाल शहरमा रहेको संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (यूएनआईएफआईएल) अन्तर्गत नेपाली बटालियनको मुख्यालयभित्र खसे,’ एजेन्सीले भनेको छ । तर कहाँबाट आक्रमण भयो भन्ने यकिन नभइसकेको नेपाली सेनाका प्रवक्ता बस्नेतले बताए । उनका अनुसार त्यसको अनुसन्धान भइरहेको छ । ‘गोलाबारी कहाँबाट भयो भन्ने यकिन छैन, त्यसको छानबिन हुन्छ,’ उनले आइतबार बिहान भने ।

युएन महासचिवले भने– द्वन्द्व रोकियोस्

संयुक्त राष्ट्रसंघ (युएन)का महासचिव गुटेरेस लेबनान भ्रमणमा रहेका बेला शान्ति सैनिकको क्याम्पमा समेत विस्फोट भएको हो । महासचिव गुटेरेसले शान्ति सैनिकलाई समेत निशाना बनाउनु अस्वीकार्य भएको बताए । उनले हाल चर्किएको द्वन्द्व तुरुन्तै रोकिनुपर्ने पनि बताए । उनले शान्ति बहालका लागि विश्व समुदायलाई अपिल समेत गरेका छन् । ‘अन्तर्राष्ट्रिय समुदायलाई मेरो सन्देश एकदमै स्पष्ट छ– आफ्नो सक्रियता बढाउनुस्,’ उनले भनेका छन् । उनले लेबनान सँगसँगै इजरायल र अरु सम्पूर्ण देशका जनतालाई निर्भयपूर्वक बाँच्न पाउने अधिकार रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त
राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त
प्रधानमन्त्री प्रचण्ड चीनमा : यस्तो छ एक हप्ताको कार्यक्रम
प्रधानमन्त्री प्रचण्ड चीनमा : यस्तो छ एक हप्ताको कार्यक्रम
काठमाडौंमा महानगर प्रहरीले जफत गर्न थाल्यो सुर्तीजन्य पदार्थ
काठमाडौंमा महानगर प्रहरीले जफत गर्न थाल्यो सुर्तीजन्य पदार्थ
श्रीमती बेपत्ता भन्दै जाहेरी, अनुसन्धान गर्दा खुल्यो श्रीमान्‌बाटै ह*त्या
श्रीमती बेपत्ता भन्दै जाहेरी, अनुसन्धान गर्दा खुल्यो श्रीमान्‌बाटै ह*त्या
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
बद्रीनाथमा हिमपहिरो, फसेका ५७ मध्ये १६ को उद्धार
बद्रीनाथमा हिमपहिरो, फसेका ५७ मध्ये १६ को उद्धार
नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री
नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री
विश्व मानसिक स्वास्थ दिवसमा र्याली कार्यक्रम।
विश्व मानसिक स्वास्थ दिवसमा र्याली कार्यक्रम।
एमाले स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा अविचलित छ : महेश बर्तौला
एमाले स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा अविचलित छ : महेश बर्तौला
रोमानिया पठाइदिन्छु भन्दै साढे ९ लाख ठगी गर्ने युवक पक्राउ
रोमानिया पठाइदिन्छु भन्दै साढे ९ लाख ठगी गर्ने युवक पक्राउ