मध्यपूर्वमा तनाव चुलिँदा एसियाली शेयर बजारमा भारी गिरावट

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन २५, २०८२
|
|
३५ पटक हेरिएको
Shares
मध्यपूर्वमा तनाव चुलिँदा एसियाली शेयर बजारमा भारी गिरावट

सारांश

  • मध्यपूर्वको बढ्दो भू–राजनीतिक तनावका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढेसँगै सोमबार एसियाली शेयर बजारमा भारी गिरावट आएको छ ।
  • जापान र दक्षिण कोरियाका प्रमुख शेयर सूचकांक यतिबेला करिब ७ प्रतिशतसम्म घटेका छन् ।
  • सोमबार बजार खुल्नेबित्तिकै कच्चा तेलको मूल्य २५ प्रतिशतभन्दा बढीले बढेपछि विश्व बजारमा लगानीकर्ताहरू सतर्क बनेका हुन् ।

 

२५ फागुन,काठमाडौं ।

मध्यपूर्वको बढ्दो भू–राजनीतिक तनावका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढेसँगै सोमबार एसियाली शेयर बजारमा भारी गिरावट आएको छ । जापान र दक्षिण कोरियाका प्रमुख शेयर सूचकांक यतिबेला करिब ७ प्रतिशतसम्म घटेका छन् । सोमबार बजार खुल्नेबित्तिकै कच्चा तेलको मूल्य २५ प्रतिशतभन्दा बढीले बढेपछि विश्व बजारमा लगानीकर्ताहरू सतर्क बनेका हुन् ।

यो रिपोर्ट तयार पार्दासम्म कच्चा तेलको मूल्य प्रतिव्यारेल करिब ११५ अमेरिकी डलरमा कारोबार भइरहेको थियो, जसले मुद्रास्फीति र आपूर्ति अवरोधको चिन्ता बढाएको छ । एसियाली प्रमुख सूचकांकमध्ये जापानको शेयर बजार (निक्केई २२५) करिब ७ प्रतिशतले घटेर ५२,०१० अंकमा झरेको छ । त्यसैगरी दक्षिण कोरियाको कोस्पी सूचकांक पनि ७.४३ प्रतिशतले घटेर ५,१६९ अंकमा पुगेको छ । अन्य एसियाली बजारहरूमा पनि गिरावट देखिएको छ । सिंगापुरको स्ट्रेट्स टाइम्स सूचकांक २.६५ प्रतिशतले घटेर ४,७२० अंकमा झरेको छ भने हङकङको ह्याङसेङ सूचकांक २.४६ प्रतिशतभन्दा बढीले घटेर २५,०९५ अंकमा पुगेको छ । त्यस्तै ताइवानको वेटेड इन्डेक्स पनि ५.७७ प्रतिशतले घटेर ३१,७६७ अंकमा पुगेको छ ।

एसियाली शेयर बजारमा आएको यो गिरावट पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य आकस्मिक रूपमा बढेपछि देखिएको हो । सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य २५ प्रतिशतभन्दा बढीले बढ्दै कारोबारका क्रममा ११९.४५ डलर प्रतिव्यारेलसम्म पुगेको थियो । हाल पश्चिम एसियामा इरान, इजरायल र अमेरिकाबीच बहुपक्षीय उच्चस्तरीय द्वन्द्व चलिरहेको छ । अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेपछि त्यहाँको सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको मृत्यु भएको खबर आएपछि तनाव झनै बढेको हो । यस घटनाले विश्व ऊर्जा बजारमा तेल आपूर्ति अवरुद्ध हुने चिन्ता बढाएको छ ।

यसैबीच, अमेरिकी शेयर बजार पनि गत साता दबाबमा देखिएको थियो । शुक्रबार एसएन्डपी ५०० सूचकांक १.३३ प्रतिशतले घटेर ६,७४० अंकमा झरेको थियो भने न्यास्ड्याक सूचकांक पनि १.५३ प्रतिशतले घटेर २२,४०० अंकमा पुगेको थियो । तेलको मूल्यमा आएको तीव्र वृद्धि र बढ्दो भू–राजनीतिक तनावका कारण विश्व वित्तीय बजारमा अनिश्चितता थप बढ्ने विश्लेषकहरूले बताएका छन् ।
एएनआई

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज विश्व प्रेस स्वतन्त्रता दिवसः राष्ट्रपतिले दिए शुभकामना
आज विश्व प्रेस स्वतन्त्रता दिवसः राष्ट्रपतिले दिए शुभकामना
प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण
प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प
मनसुनी वायु सक्रिय, देशैभरि वर्षा जारी
मनसुनी वायु सक्रिय, देशैभरि वर्षा जारी
एमसीसी खारेज गर्नैपर्छ, नेपाली रगतलाई शंका नगर्नु :अध्यक्ष राई
एमसीसी खारेज गर्नैपर्छ, नेपाली रगतलाई शंका नगर्नु :अध्यक्ष राई
सिरहाका एसपीपछि लहानका डीएसपी पनि हेडक्वार्टर तानिए
सिरहाका एसपीपछि लहानका डीएसपी पनि हेडक्वार्टर तानिए
काभ्रेमा जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना, एक जनाको मृत्यु
काभ्रेमा जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना, एक जनाको मृत्यु
विदेशमा बसेर फेसबुक ह्याक गरी ब्ल्याकमेल गर्ने नेपाल फर्केपछि पक्राउ
विदेशमा बसेर फेसबुक ह्याक गरी ब्ल्याकमेल गर्ने नेपाल फर्केपछि पक्राउ
रविलाई संगठित अपराधमा मुद्दा नचलाएको भन्दै चितवन जिल्ला न्यायाधिवक्तामाथि छानबिन
रविलाई संगठित अपराधमा मुद्दा नचलाएको भन्दै चितवन जिल्ला न्यायाधिवक्तामाथि छानबिन
ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्य : मन्त्री खड्का
ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्य : मन्त्री खड्का