मध्यपूर्वी क्षेत्रको युद्धः ट्रम्पले इजरायल, बहराइन र युएईका नेतासँग गरे वार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन १८, २०८२
|
|
३० पटक हेरिएको
Shares
मध्यपूर्वी क्षेत्रको युद्धः ट्रम्पले इजरायल, बहराइन र युएईका नेतासँग गरे वार्ता

सारांश

  • अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा मिसाइल आक्रमण जारी राखिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल, बहराइन र संयुक्त अरब इमिरेट्स (युएई) का नेताहरूसँग टेलिफोन वार्ता गरेका छन् ।
  • ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै राष्ट्रपति ट्रम्पले इजरायल, बहराइन र युएईका नेताहरूसँग कुराकानी गरेको र टेक्सासको अष्टिन सहरमा भएको गोलीकाण्डबारे पनि जानकारी लिएको बताइन् ।
  • पश्चिम एशियामा बढ्दो तनावका बीच अमेरिका र इजरायलले ‘अपरेसन रोअरिङ लायन÷अपरेसन एपिक फ्युरी’ नाम दिइएको संयुक्त मिसाइल आक्रमण इरानमाथि गरेका छन् ।

 

१८ फागुन,काठमाडौं ।

अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा मिसाइल आक्रमण जारी राखिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल, बहराइन र संयुक्त अरब इमिरेट्स (युएई) का नेताहरूसँग टेलिफोन वार्ता गरेका छन् । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै राष्ट्रपति ट्रम्पले इजरायल, बहराइन र युएईका नेताहरूसँग कुराकानी गरेको र टेक्सासको अष्टिन सहरमा भएको गोलीकाण्डबारे पनि जानकारी लिएको बताइन् ।

पश्चिम एशियामा बढ्दो तनावका बीच अमेरिका र इजरायलले ‘अपरेसन रोअरिङ लायन÷अपरेसन एपिक फ्युरी’ नाम दिइएको संयुक्त मिसाइल आक्रमण इरानमाथि गरेका छन् । आक्रमणपछि तेहरानसहित विभिन्न प्रमुख सहरहरूमा विस्फोटका घटनाहरू भएको जनाइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र इरानी सरकारी सञ्चारमाध्यमहरूले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी आक्रमणमा मारिएको दाबी गरेका छन् । उनीसँगै उनकी छोरी, नातिनातिनी, बुहारी र ज्वाइँ पनि मारिएको उल्लेख गरिएको छ । इरानले प्रतिकारस्वरूप बहराइन, युएई तथा अन्य खाडी मुलुकहरूमा रहेका अमेरिकी सैन्य संरचनाहरूलाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ ।  यसैबीच युएई रक्षा मन्त्रालयले फेब्रुअरी २८ देखि सुरु भएको ठूलो इरानी आक्रमणपछि आफ्ना वायुसेना र हवाई प्रतिरक्षा प्रणालीले उल्लेख्य संख्यामा हवाई खतरा निष्क्रिय पारेको जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म १६५ वटा ब्यालिस्टिक मिसाइल, दुईवटा क्रुज मिसाइल र ५४१ वटा इरानी ड्रोनलाई निष्क्रिय पारिएको छ । उक्त जानकारी भारतीय दूतावास अबुधाबीले समेत पुनःसाझा गरेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा खामेनीको मृत्यु ‘इरानी जनताका लागि न्याय’ भएको उल्लेख गर्दै लक्ष्य प्राप्त नभएसम्म ‘सटीक बमबारी’ निरन्तर जारी रहने चेतावनी दिएका छन् । यसैबीच, टेक्सासको अष्टिनस्थित एक चर्चित बारमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको र १४ जना घाइते भएको सिबिएस न्युजले जनाएको छ । आक्रमणकारी पनि प्रहरी कारबाहीमा मारिएको बताइएको छ । मध्यपूर्वमा चुलिँदो सैन्य तनावले अन्तर्राष्ट्रिय समुदायलाई गम्भीर चिन्तामा पारेको छ । एएनआई nकाठमाडौं । अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा मिसाइल आक्रमण जारी राखिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल, बहराइन र संयुक्त अरब इमिरेट्स (युएई) का नेताहरूसँग टेलिफोन वार्ता गरेका छन् ।

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै राष्ट्रपति ट्रम्पले इजरायल, बहराइन र युएईका नेताहरूसँग कुराकानी गरेको र टेक्सासको अष्टिन सहरमा भएको गोलीकाण्डबारे पनि जानकारी लिएको बताइन् । पश्चिम एशियामा बढ्दो तनावका बीच अमेरिका र इजरायलले ‘अपरेसन रोअरिङ लायन÷अपरेसन एपिक फ्युरी’ नाम दिइएको संयुक्त मिसाइल आक्रमण इरानमाथि गरेका छन् । आक्रमणपछि तेहरानसहित विभिन्न प्रमुख सहरहरूमा विस्फोटका घटनाहरू भएको जनाइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र इरानी सरकारी सञ्चारमाध्यमहरूले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी आक्रमणमा मारिएको दाबी गरेका छन् । उनीसँगै उनकी छोरी, नाति÷नातिनी, बुहारी र ज्वाइँ पनि मारिएको उल्लेख गरिएको छ । इरानले प्रतिकारस्वरूप बहराइन, युएई तथा अन्य खाडी मुलुकहरूमा रहेका अमेरिकी सैन्य संरचनाहरूलाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ । यसैबीच युएई रक्षा मन्त्रालयले फेब्रुअरी २८ देखि सुरु भएको ठूलो इरानी आक्रमणपछि आफ्ना वायुसेना र हवाई प्रतिरक्षा प्रणालीले उल्लेख्य संख्यामा हवाई खतरा निष्क्रिय पारेको जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म १६५ वटा ब्यालिस्टिक मिसाइल, दुईवटा क्रुज मिसाइल र ५४१ वटा इरानी ड्रोनलाई निष्क्रिय पारिएको छ । उक्त जानकारी भारतीय दूतावास अबुधाबीले समेत पुनःसाझा गरेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा खामेनीको मृत्यु ‘इरानी जनताका लागि न्याय’ भएको उल्लेख गर्दै लक्ष्य प्राप्त नभएसम्म ‘सटीक बमबारी’ निरन्तर जारी रहने चेतावनी दिएका छन् । यसैबीच, टेक्सासको अष्टिनस्थित एक चर्चित बारमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको र १४ जना घाइते भएको सिबिएस न्युजले जनाएको छ । आक्रमणकारी पनि प्रहरी कारबाहीमा मारिएको बताइएको छ । मध्यपूर्वमा चुलिँदो सैन्य तनावले अन्तर्राष्ट्रिय समुदायलाई गम्भीर चिन्तामा पारेको छ । एएनआई

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने
शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने
भारतीय विदेश सचिव मिस्रीद्वारा नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल र ५ सैनिक घोडा उपहार
भारतीय विदेश सचिव मिस्रीद्वारा नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल र ५ सैनिक घोडा उपहार
मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते, गुडिरहेको कारमा आगलागी
मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते, गुडिरहेको कारमा आगलागी
शारीरिक सुगठनमा रजत विजेता ४ खेलाडीलाई महानगरले दियो १ लाख नगदसहित सम्मान
शारीरिक सुगठनमा रजत विजेता ४ खेलाडीलाई महानगरले दियो १ लाख नगदसहित सम्मान
नाउपा दलको कार्यालयमा मधेश केन्द्रित ८ दलको बैठक
नाउपा दलको कार्यालयमा मधेश केन्द्रित ८ दलको बैठक
सामाजिक सञ्जाल बन्दको निर्णय तुरुन्त सच्याउन  सत्ता पक्षकै नेताको माग
सामाजिक सञ्जाल बन्दको निर्णय तुरुन्त सच्याउन सत्ता पक्षकै नेताको माग
पूर्व डीआईजी रमेश खरेलले त्यागे रास्वपा
पूर्व डीआईजी रमेश खरेलले त्यागे रास्वपा
जनतालाई केन्द्रमा राखेर काम गर्न जनप्रतिनिधिलाई राष्ट्रपतिको आग्रह
जनतालाई केन्द्रमा राखेर काम गर्न जनप्रतिनिधिलाई राष्ट्रपतिको आग्रह
लयमा फर्किंदै सर्वोच्च, आजदेखि रिट निवेदन दर्ता
लयमा फर्किंदै सर्वोच्च, आजदेखि रिट निवेदन दर्ता
कांग्रेस कार्यकर्ताले पार्टी कार्यालयमै खेलकुद मन्त्रीलाई देखाए कालो झण्डा
कांग्रेस कार्यकर्ताले पार्टी कार्यालयमै खेलकुद मन्त्रीलाई देखाए कालो झण्डा