सात महिनामा बिमा कम्पनीद्वारा पौने ४१ अर्ब दाबी भुक्तानी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन १६, २०८२
|
|
२६ पटक हेरिएको
Shares
सात महिनामा बिमा कम्पनीद्वारा पौने ४१ अर्ब दाबी भुक्तानी

सारांश

  • चालु आर्थिक वर्ष २०८२÷८३ को माघ मसान्तसम्म नेपालका बिमा कम्पनीहरूले झन्डै ४१ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन् ।
  • नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको ‘बिमा प्रतिविम्ब’ प्रतिवेदनअनुसार साउनदेखि माघसम्म जीवन र निर्जीवन दुवै क्षेत्रका कम्पनीहरूले कुल ४० अर्ब ७० करोड ९६ लाख रुपैयाँ भुक्तानी गरेका हुन् ।
  • प्रतिवेदनअनुसार जीवन बिमा कम्पनीहरूले सात महिनामा १ लाख २३ हजारभन्दा बढी दाबी फछ्र्यौट गर्दै २४ अर्ब ८८ करोड ९५ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।

१६ फागुन, काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२÷८३ को माघ मसान्तसम्म नेपालका बिमा कम्पनीहरूले झन्डै ४१ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन् । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको ‘बिमा प्रतिविम्ब’ प्रतिवेदनअनुसार साउनदेखि माघसम्म जीवन र निर्जीवन दुवै क्षेत्रका कम्पनीहरूले कुल ४० अर्ब ७० करोड ९६ लाख रुपैयाँ भुक्तानी गरेका हुन् । प्रतिवेदनअनुसार जीवन बिमा कम्पनीहरूले सात महिनामा १ लाख २३ हजारभन्दा बढी दाबी फछ्र्यौट गर्दै २४ अर्ब ८८ करोड ९५ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।

गत वर्षको सोही अवधिको तुलनामा दाबी सङ्ख्या १.३१ प्रतिशतले घटेको भए पनि भुक्तानी रकम भने १.२१ प्रतिशतले बढेको देखिएको छ । निर्जीवन बिमा क्षेत्रमा भने दाबी भुक्तानीको चाप उल्लेख्य रूपमा बढेको छ । गत वर्षको तुलनामा यस वर्ष भुक्तानी रकम ३२.३० प्रतिशतले वृद्धि भई १५ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । प्राधिकरणका अनुसार गत भदौमा भएको आन्दोलन र असोजमा आएको विनाशकारी बाढी–पहिरोका कारण भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेपछि निर्जीवन बिमातर्फ दाबी र भुक्तानी दुवै ह्वात्तै बढेको हो । अझै ५५ अर्बभन्दा बढी दायित्व बाँकी

कम्पनीहरूले ठूलो रकम भुक्तानी गरिसके पनि अझै ५५ अर्ब ६० करोड १५ लाख रुपैयाँ दाबी रकम तिर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । यसमध्ये करिब ५० अर्ब १५ करोड रुपैयाँ निर्जीवन बिमा कम्पनीहरूले भुक्तानी गर्नुपर्ने दायित्व रहेको छ । विशेषगरी असोजको प्राकृतिक विपत्तिसँग सम्बन्धित ठूला दाबीहरूको प्राविधिक मूल्याङ्कन प्रक्रिया जारी रहेकाले बाँकी दायित्व उच्च देखिएको प्राधिकरणले जनाएको छ । हाल १ लाख ७६ हजारभन्दा बढी दाबी फाइलहरू प्रक्रियामै रहेको जनाइएको छ । बिमा क्षेत्रमा बढ्दो दाबी भुक्तानीले एकातिर सेवा पहुँच र दाबी व्यवस्थापन क्षमता बढेको संकेत गरे पनि प्राकृतिक विपत्तिको जोखिमले निर्जीवन बिमा क्षेत्रमा वित्तीय दबाब बढाएको देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस सहमतिमा नआए संसदको बजेट अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार
कांग्रेस सहमतिमा नआए संसदको बजेट अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार
रौतहटमा मूर्ति सेलाउने क्रममा डुबेर युवकको मृत्यु
रौतहटमा मूर्ति सेलाउने क्रममा डुबेर युवकको मृत्यु
तराईको हुस्सु र कुहिरो हटेन : काठमाण्डौको तापक्रम हिजोभन्दा बढ्यो
तराईको हुस्सु र कुहिरो हटेन : काठमाण्डौको तापक्रम हिजोभन्दा बढ्यो
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नेपाल ट्रस्टका पूर्वसचिव कार्की पक्राउ, प्रहरीले शुरु गर्‍यो जग्गा लिजबारे अनुसन्धान
नेपाल ट्रस्टका पूर्वसचिव कार्की पक्राउ, प्रहरीले शुरु गर्‍यो जग्गा लिजबारे अनुसन्धान
रास्वपाका पूर्वसांसद ढाकाकुमार धरौटीमा रिहा
रास्वपाका पूर्वसांसद ढाकाकुमार धरौटीमा रिहा
प्रधानमन्त्री कार्कीसँग कांग्रेस युवा नेताहरूको भेट, आगामी निर्वाचनबारे छलफल
प्रधानमन्त्री कार्कीसँग कांग्रेस युवा नेताहरूको भेट, आगामी निर्वाचनबारे छलफल
प्रधानमन्त्री ओलीको निर्देशन: दशौँ राष्ट्रिय खेलकुद मङ्सिरभित्र सम्पन्न गर्न चुस्त तयारी थाल्नू
प्रधानमन्त्री ओलीको निर्देशन: दशौँ राष्ट्रिय खेलकुद मङ्सिरभित्र सम्पन्न गर्न चुस्त तयारी थाल्नू
प्रथम लालबन्दी मेयर गोल्डकप प्रतियोगिताको आयव्यय सार्वजनिक
प्रथम लालबन्दी मेयर गोल्डकप प्रतियोगिताको आयव्यय सार्वजनिक
विराटनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ
विराटनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ