Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणप्रति प्रेस सेन्टर मोरङको भर्त्सना, दोषीलाई कारबाहीको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन १५, २०८२
|
|
८८ पटक हेरिएको
Shares
पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणप्रति प्रेस सेन्टर मोरङको भर्त्सना, दोषीलाई कारबाहीको माग

सारांश

  • चुनावी रिपोर्टिङका क्रममा झापा क्षेत्र नम्बर ५ मा पुगेका प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमण र दुव्र्यवहारको घटनाप्रति प्रेस सेन्टर नेपाल मोरङले घोर निन्दा तथा भत्र्सना गरेको छ ।
  • प्रेस सेन्टर मोरङका सचिव अनिल श्रेष्ठले बिहीबार एक विज्ञप्ति जारी गर्दै हाम्रो मतका कार्यकारी सम्पादक तथा ‘रातो पाटी’का संवाददाता आचार्यमाथि भएको साङ्घातिक हमला प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको बताएका छन्।
  • बिहीबार झापाको कमल गाउँपालिकामा नेकपा (एमाले) का अध्यक्ष तथा सो क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार केपी शर्मा ओलीको घरदैलो कार्यक्रमको रिपोर्टिङ गर्ने क्रममा आचार्यमाथि आक्रमण भएको हो ।

 

१५ फागुन, विराटनगर ।

चुनावी रिपोर्टिङका क्रममा झापा क्षेत्र नम्बर ५ मा पुगेका प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमण र दुव्र्यवहारको घटनाप्रति प्रेस सेन्टर नेपाल मोरङले घोर निन्दा तथा भत्र्सना गरेको छ । प्रेस सेन्टर मोरङका सचिव अनिल श्रेष्ठले बिहीबार एक विज्ञप्ति जारी गर्दै हाम्रो मतका कार्यकारी सम्पादक तथा ‘रातो पाटी’का संवाददाता आचार्यमाथि भएको साङ्घातिक हमला प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको बताएका छन्। बिहीबार झापाको कमल गाउँपालिकामा नेकपा (एमाले) का अध्यक्ष तथा सो क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार केपी शर्मा ओलीको घरदैलो कार्यक्रमको रिपोर्टिङ गर्ने क्रममा आचार्यमाथि आक्रमण भएको हो ।

विज्ञप्तिमा उल्लेख भएअनुसार, एमाले निकट ‘भोलेन्टियर फोर्स’ का कार्यकर्ताहरूले भिडियो खिचिरहेका पत्रकार आचार्यमाथि हातपात गर्दै उनको मोबाइल र क्यामेरा समेत खोसेका छन् । एमाले अध्यक्ष ओली नजिकै रहेको अवस्थामा बा २५६१ नम्बरको स्कर्पियो चढेर आएको जत्थाले आचार्यमाथि कुटपिट र लुटपाट गरेको घटनालाई प्रेस सेन्टरले ‘कायरतापूर्ण’ संज्ञा दिएको छ । पार्टी अध्यक्षकै सामुन्ने पत्रकारमाथि आक्रमण हुँदा आक्रमणकारीलाई नियन्त्रणमा लिन सुरक्षा निकायले वास्ता नगर्नु, आक्रमणबारे एमाले मौन रहनु र अझैसम्म आचार्यको मोबाइल र चस्मा फिर्ता नहुनु निन्दनीय र आपत्तिजनक छ,’ विज्ञप्तिमा भनिएको छ। प्रेस सेन्टरले भौतिक आक्रमणको माध्यमबाट पत्रकारको आवाज र कलम बन्द गर्ने प्रयास नगर्न चेतावनी दिँदै घटनामा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ। साथै, निर्वाचनको समयमा पत्रकारहरूलाई निर्बाध र सुरक्षित रूपमा काम गर्ने वातावरण निर्माण गर्न सरकारसँग जोडदार माग गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभाको बैठक आधा घण्टाको लागि स्थगित
प्रतिनिधिसभाको बैठक आधा घण्टाको लागि स्थगित
वाइडबडी विमान खरिद प्रकरणः अख्तियार प्रमुख राईमाथि महाअभियोग लगाउन काँग्रेस सांसद पन्तको माग
वाइडबडी विमान खरिद प्रकरणः अख्तियार प्रमुख राईमाथि महाअभियोग लगाउन काँग्रेस सांसद पन्तको माग
रास्वपाको केन्द्रीय विभागमा जिम्मेवारी फेरबदल
रास्वपाको केन्द्रीय विभागमा जिम्मेवारी फेरबदल
बारा प्रहरीको छापा, ९० बोरा प्याज बरामद
बारा प्रहरीको छापा, ९० बोरा प्याज बरामद
लामो वार्तापछि अमेरिका र युक्रेनबीच ऐतिहासिक सम्झौता
लामो वार्तापछि अमेरिका र युक्रेनबीच ऐतिहासिक सम्झौता
भोटेकोसी–त्रिशूली बाढीले क्षति पुगेका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
भोटेकोसी–त्रिशूली बाढीले क्षति पुगेका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
कांग्रेस बैठकको निर्णय: संसद् विघटन असंवैधानिक, दलहरूसँग छलफल गर्ने
कांग्रेस बैठकको निर्णय: संसद् विघटन असंवैधानिक, दलहरूसँग छलफल गर्ने
मस्को नजिकैको रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनको आक्रमण
मस्को नजिकैको रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनको आक्रमण
वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्ने
वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्ने
उपनिर्वाचनको परिणामले गम्भीर भएका छौं ,एमालेले
उपनिर्वाचनको परिणामले गम्भीर भएका छौं ,एमालेले