Press 4K
बुधबार, २४ भाद्र २०८३

दुबईमा जीसीडी कप फेब्रुअरी २८ देखि हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन १३, २०८२
|
|
३१ पटक हेरिएको
Shares
दुबईमा जीसीडी कप फेब्रुअरी २८ देखि हुने

सारांश

  • संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत एकता र सामाजिक सद्भाव सुदृढ गर्ने उद्देश्यले दोस्रो जीसीडी कप आगामी शनिबार फेब्रुअरी २८ देखि दुबईको अल क्वोजस्थित डुल्स्को स्पोट्र्स कम्प्लेक्समा सुरु हुँदैछ ।
  • प्रतियोगिता यूएईमा नेपाली समुदायबीच हुँदै आएका फुटबल प्रतियोगितामध्ये सर्वाधिक पुरस्कार राशियुक्त रहेको छ ।
  • आयोजकका अनुसार विजेता टोलीले १० हजार दिराम (करिब चार लाख नेपाली रुपैयाँ) नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले ५ हजार दिराम हात पार्नेछन् ।

१३ फागुन,दुबई ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत एकता र सामाजिक सद्भाव सुदृढ गर्ने उद्देश्यले दोस्रो जीसीडी कप आगामी शनिबार फेब्रुअरी २८ देखि दुबईको अल क्वोजस्थित डुल्स्को स्पोट्र्स कम्प्लेक्समा सुरु हुँदैछ । प्रतियोगिता यूएईमा नेपाली समुदायबीच हुँदै आएका फुटबल प्रतियोगितामध्ये सर्वाधिक पुरस्कार राशियुक्त रहेको छ । आयोजकका अनुसार विजेता टोलीले १० हजार दिराम (करिब चार लाख नेपाली रुपैयाँ) नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले ५ हजार दिराम हात पार्नेछन् ।

यस प्रतियोगिताको आयोजना जीसीडी ग्रुप अफ कम्पनीजका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व संयोजक रमेश श्रेष्ठले गरेका हुन् । उनले खेलकुदलाई समुदाय जोड्ने प्रभावकारी माध्यमका रूपमा भएको बताए । उनले भने, ‘फुटबलले मानिसलाई एकताबद्ध बनाउँछ । मित्रतालाई बलियो बनाउँछ र मैदानभन्दा बाहिर पनि परिवारको अनुभूति गराउँछ । खेलकुद केवल प्रतिस्पर्धा होइन, सामाजिक समन्वयको आधार हो ।’ सामाजिक अभियन्ताका रूपमा परिचित श्रेष्ठ व्यवसायसँगै विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् । उनी ‘खेलकुद नै जीवन हो’ भन्ने मान्यतासहित समुदायस्तरमा स्वास्थ्य, अनुशासन र सहकार्यको संस्कार विकास गर्न निरन्तर लागिरहेका छन् । जीसीडी ग्रुप यूएई, नेपाल, कतार, युरोपलगायत एक दर्जनभन्दा बढी देशमा शाखा विस्तार गरिसकेको बहुराष्ट्रिय व्यवसायिक सञ्जाल हो । प्रवासमा रहेका नेपालीहरूलाई व्यवसाय, रोजगारी र सामाजिक सञ्जालमार्फत जोड्ने उद्देश्यले समूहले विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रतियोगितामा यूएईभरिका नेपाली क्लबहरूको सहभागिता रहने जनाइएको छ ।

आयोजकका अनुसार ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित आपसी सद्भाव, अनुशासन र भाइचारालाई सुदृढ गर्ने लक्ष्य राखिएको छ ।  विशेषतः नेपालमा राष्ट्रिय स्तरका खेल खेलेका धेरै खेलाडीहरू वैदेशिक रोजगारीका लागि यूएईमा कार्यरत छन् । जीसीडी कपले उनीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने मञ्च प्रदान गर्नुका साथै हजारौं नेपाली श्रमिक तथा व्यवसायीबीच सामाजिक एकता र आपसी सम्बन्ध विस्तार गर्न ठोस योगदान पुग्ने अपेक्षा गरिएको छ । प्रवासमा श्रम र संघर्षबीच व्यस्त नेपाली समुदायका लागि जीसीडी कप केवल खेलकुद प्रतियोगिता मात्र नभई आत्मीयता, पहिचान र साझा भावनाको उत्सव बन्ने आयोजकको विश्वास छ ।


प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कपिलवस्तु अदालतका दुई कर्मचारी घुससहित अख्तियारको फन्दामा
कपिलवस्तु अदालतका दुई कर्मचारी घुससहित अख्तियारको फन्दामा
मल्लकालीन परिवारलाई इङ्गित गर्ने नवदुर्गाको ङालाकेगु जात्रा
मल्लकालीन परिवारलाई इङ्गित गर्ने नवदुर्गाको ङालाकेगु जात्रा
माओवादी नेता कालीबहादुर खाम काठमाडौँबाट पक्राउ
माओवादी नेता कालीबहादुर खाम काठमाडौँबाट पक्राउ
माइतीघरबाट निकोलस भुसालसहित १३ जना पक्राउ
माइतीघरबाट निकोलस भुसालसहित १३ जना पक्राउ
रवि लामिछानेले दर्जनौं आरोप लगाएपछि पत्रकार सम्मेलन गर्दै गगन थापा
रवि लामिछानेले दर्जनौं आरोप लगाएपछि पत्रकार सम्मेलन गर्दै गगन थापा
रामेछापको हिलेदेवीका पहिरो पीडित स्थानान्तरणको पर्खाइमा
रामेछापको हिलेदेवीका पहिरो पीडित स्थानान्तरणको पर्खाइमा
रोल्वालिङ खोला जलविद्युत् निर्माण सहज बनाउन संसदीय समितिको निर्देशन
रोल्वालिङ खोला जलविद्युत् निर्माण सहज बनाउन संसदीय समितिको निर्देशन
आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
सुदूरपश्चिमलाई साक्षर प्रदेशको रूपमा औपचारिक घोषणा
सुदूरपश्चिमलाई साक्षर प्रदेशको रूपमा औपचारिक घोषणा
हुरीले बाँकेमा विद्युत् आपूर्ति अवरुद्ध  
हुरीले बाँकेमा विद्युत् आपूर्ति अवरुद्ध  

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...