पूर्वप्रधानमन्त्री माधव नेपाल विरुद्धको उजुरी प्रमाण नपुगेको भन्दै दरपीठ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ ८, २०८२
|
|
४२ पटक हेरिएको
Shares
पूर्वप्रधानमन्त्री माधव नेपाल विरुद्धको उजुरी प्रमाण नपुगेको भन्दै दरपीठ

सारांश

  • रौतहट क्षेत्र नं.
  • १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार माधवकुमार नेपाल विरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले दरपीठ (दर्ता नगरी तामेलीमा राख्ने काम) गरिदिएको छ ।
  • नेपालको उम्मेदवारी खारेज गर्न माग गर्दै दर्ता गर्न खोजिएको उजुरीमा पर्याप्त प्रमाण नपुगेको भन्दै कार्यालयले दर्ता गर्न अस्वीकार गरेको हो।

८ माघ, रौतहट ।

रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार माधवकुमार नेपाल विरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले दरपीठ (दर्ता नगरी तामेलीमा राख्ने काम) गरिदिएको छ । नेपालको उम्मेदवारी खारेज गर्न माग गर्दै दर्ता गर्न खोजिएको उजुरीमा पर्याप्त प्रमाण नपुगेको भन्दै कार्यालयले दर्ता गर्न अस्वीकार गरेको हो। प्रतिनिधि सभा सदस्यकै अर्का उम्मेदवार रामनरेश राय यादवले नेता नेपाल विरुद्ध दाबी–विरोध पेश गरेका थिए । उजुरीमा पतञ्जली योगपीठको जग्गा खरिद–बिक्री प्रकरणमा नेपाल संलग्न रहेको र भ्रष्टाचारको मुद्दा विशेष अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै उनलाई उम्मेदवार बन्न अयोग्य ठहर गर्न माग गरिएको थियो।

यादवले भ्रष्टाचार निवारण ऐन र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनका विभिन्न प्रावधानहरूलाई आधार मान्दै नेपालको उम्मेदवारी खारेज हुनुपर्ने जिकिर गरेका थिए। तर, मुख्य निर्वाचन अधिकृतको कार्यालयले उक्त उजुरीमा उल्लेखित आरोपहरूलाई पुष्टि गर्ने ठोस र पर्याप्त प्रमाण संलग्न नभएको ठहर गरेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कानुन बमोजिम उम्मेदवारी बदर हुने बलियो आधार नदेखिएकाले उजुरीलाई दरपीठ गरिएको हो। यस निर्णयसँगै नेपालको उम्मेदवारी यथावत कायम रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णालीको विकास खर्च १५ प्रतिशत मात्रै
कर्णालीको विकास खर्च १५ प्रतिशत मात्रै
विश्वकप २०२६ : अर्जेन्टिना र स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
विश्वकप २०२६ : अर्जेन्टिना र स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
कुलमान आफैं उपस्थित भएर उज्यालो नेपालले घोषणा सभा गर्ने
कुलमान आफैं उपस्थित भएर उज्यालो नेपालले घोषणा सभा गर्ने
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
हनुमानढोका दरबार सङ्ग्रहालय पुनर्संरचना गर्दै सञ्चालनमा ल्याउने तयारी
हनुमानढोका दरबार सङ्ग्रहालय पुनर्संरचना गर्दै सञ्चालनमा ल्याउने तयारी
संघीय निजामती विधेयकबारे प्रचण्ड– समितिमा सहमति भएका विधेयकमा छेडखानी नहोस्
संघीय निजामती विधेयकबारे प्रचण्ड– समितिमा सहमति भएका विधेयकमा छेडखानी नहोस्
मौसम पूर्वानुमान : हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
मौसम पूर्वानुमान : हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बालबालिकाको क्षेत्रमा लगानी वृद्धि गर्न आग्रह
बालबालिकाको क्षेत्रमा लगानी वृद्धि गर्न आग्रह
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी