बिकासका काममा ढिलासुस्ति नगर्न मुख्यमन्त्रीको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ ७, २०८२
|
|
५४ पटक हेरिएको
Shares
बिकासका काममा ढिलासुस्ति नगर्न मुख्यमन्त्रीको निर्देशन

सारांश

  • कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले फागुण २१ गते हुने निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन दिएका छन् ।
  • कर्णाली प्रदेश सरकार अन्तर्गतका मन्त्रालयहरूको अर्धबार्षिक समिक्षा कार्यक्रममा मुख्यमन्त्री कँडेलले निर्वाचन आचारसंहिताले नियमित काम गर्न नरोक्ने हुँदा निर्वाचन देखाएर विकास निर्माण र सेवा प्रवाहका काम रोकिन नहुने बताए ।
  • उनले भने, ’निर्वाचन देखाएर विकासका काम रोकिनु हुँदैन’ उनले भने, ’चुनावको बहाना देखाएर बिकासमा अवरोध हुनु हुँदैन ।

 

७ माघ, सुर्खेत ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले फागुण २१ गते हुने निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन दिएका छन् । कर्णाली प्रदेश सरकार अन्तर्गतका मन्त्रालयहरूको अर्धबार्षिक समिक्षा कार्यक्रममा मुख्यमन्त्री कँडेलले निर्वाचन आचारसंहिताले नियमित काम गर्न नरोक्ने हुँदा निर्वाचन देखाएर विकास निर्माण र सेवा प्रवाहका काम रोकिन नहुने बताए । उनले भने, ’निर्वाचन देखाएर विकासका काम रोकिनु हुँदैन’ उनले भने, ’चुनावको बहाना देखाएर बिकासमा अवरोध हुनु हुँदैन ।’ मन्त्रालय अन्तर्गतका कामहरूको समय तालिका निर्माण गरेको भएपनि कार्यान्वयन नभएको भन्दै उनले असन्तुष्टी जनाए ।

कार्यालय प्रमुखलाई आफ्नो योग्यता, क्षमता र लगनशीलता परिणामसहित देखिने गरी काम गर्न निर्देशन दिएका छन् । विकास निर्माण र सेवा प्रवाहमा ढिलासुस्ती स्वीकार्य नहुने भन्दै उनले जनताको अपेक्षाअनुसार कामबाटै उत्कृष्टता प्रर्दशन गर्नु पर्ने बताए । उनले निर्वाचन आचारसंहिताले सही नयाँ कामलाई रोके पनि नियमित वार्षिक नीति तथा कार्यक्रममा समावेश भई स्वीकृत भइसकेका योजना तथा कार्यक्रमको कार्यान्वयनमा कुनै अवरोध नहुने स्पष्ट पारे । मुख्यमन्त्री कँडेलले स्वीकृत योजना समयमै सम्पन्न गर्न नसक्दा सरकारप्रति जनविश्वास कमजोर बन्ने उल्लेख गरे । विकास आयोजनामा गुणस्तर, समयसीमा र पारदर्शितामा कुनै सम्झौता नगर्न निर्देशन दिँदै मुख्यमन्त्री कँडेलले समन्वय र अनुगमनलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले बजेट कार्यान्वयनमा देखिएका समस्याको पहिचान गरी समाधानतर्फ लाग्नुपर्ने बताए । उनले समयमै खर्च र लक्ष्यअनुसार प्रगति हासिल गर्न मन्त्रालय तथा मातहतका कार्यालयबीच समन्वय आवश्यक रहेको उल्लेख गरे । जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले ऊर्जा र जलस्रोत क्षेत्र कर्णालीको समग्र विकासको आधार भएको उल्लेख गर्दै योजनाको प्रभावकारी कार्यान्वयनमा मन्त्रालय प्रतिबद्ध रहेको बताइन् । कार्यक्रममा प्रमुख सचिव विरेन्द्र कुमार यादव, अर्थ सचिव, ऊर्जा सचिव तथा मन्त्रालयअन्तर्गतका १० जिल्लाका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा गर्दै आगामी कार्ययोजनाका विषयमा समेत छलफल गरिएको थियो । अर्थ सचिव, ऊर्जा सचिव तथा मन्त्रालयअन्तर्गतका १० जिल्लाका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्छ : प्रधानमन्त्री ओली
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्छ : प्रधानमन्त्री ओली
वीरगञ्ज क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छः मन्त्री यादव
वीरगञ्ज क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छः मन्त्री यादव
सुनसरी घटनाबारे गृहमन्त्री र सुरक्षा प्रमुखहरूबीच सिंहदरबारमा छलफल
सुनसरी घटनाबारे गृहमन्त्री र सुरक्षा प्रमुखहरूबीच सिंहदरबारमा छलफल
विदेशमा भएको मेलमिलाप नेपालमा पनि कार्यान्वयन हुने गरी ऐन बनाइँदै
विदेशमा भएको मेलमिलाप नेपालमा पनि कार्यान्वयन हुने गरी ऐन बनाइँदै
नेपाल-वेस्ट इन्डिज युनिटी कप : विश्‍वकप छनोटका लागि अन्तिम तयारी
नेपाल-वेस्ट इन्डिज युनिटी कप : विश्‍वकप छनोटका लागि अन्तिम तयारी
डढेलो निभाउन अत्याधुनिक उपकरण र जनशक्ति छैन: वन मन्त्री ठकुरी
डढेलो निभाउन अत्याधुनिक उपकरण र जनशक्ति छैन: वन मन्त्री ठकुरी
रानी–जोगवनी नाका ३ दिनलाई बन्द
रानी–जोगवनी नाका ३ दिनलाई बन्द
यी दुई सर्त पूरा नभए आफू अन्तरिम सरकारको नेतृत्व लिन नसक्ने कार्कीकाे अडान !
यी दुई सर्त पूरा नभए आफू अन्तरिम सरकारको नेतृत्व लिन नसक्ने कार्कीकाे अडान !
सर्लाहीमा विभिन्न दल परित्याग गरी हजारौं कार्यकर्ता नेसपा प्रवेश
सर्लाहीमा विभिन्न दल परित्याग गरी हजारौं कार्यकर्ता नेसपा प्रवेश
रूपन्देही उपनिर्वाचनका सम्पूर्ण कार्यक्रमहरू रद्द
रूपन्देही उपनिर्वाचनका सम्पूर्ण कार्यक्रमहरू रद्द