एकताबद्ध भएर संकल्पका साथ अगाडि जाँदा राष्ट्रको स्वाधिनता रक्षा गर्न सकिन्छ : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ३०, २०८२
|
|
३० पटक हेरिएको
Shares
एकताबद्ध भएर संकल्पका साथ अगाडि जाँदा राष्ट्रको स्वाधिनता रक्षा गर्न सकिन्छ : प्रचण्ड

सारांश

  • नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले एकताबद्ध भएर संकल्पका साथ अगाडि बढे राष्ट्रको स्वाधिनता, जनताको आत्मसम्मान, जनताको आत्म निर्णयको अधिकार नेपाल र नेपालीको पहिचानको रक्षा गर्न सकिने बताएका छन् ।
  • बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा उनले एकताबद्ध भएर अगाडि बढ्न सकेनाैं भने फेरि दुर्घटनामा पर्न सक्ने भन्दै त्यो घटना नदोहोराउनको लागि अहिलेसम्म २० वटा राजनीतिक दल र समूहहरुसँग एकता भएको बताए ।
  • उनले भने, ‘हामी इतिहासको एकदमै महत्वपूर्ण मोडमा छौं ।

काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले एकताबद्ध भएर संकल्पका साथ अगाडि बढे राष्ट्रको स्वाधिनता, जनताको आत्मसम्मान, जनताको आत्म निर्णयको अधिकार नेपाल र नेपालीको पहिचानको रक्षा गर्न सकिने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा उनले एकताबद्ध भएर अगाडि बढ्न सकेनाैं भने फेरि दुर्घटनामा पर्न सक्ने भन्दै त्यो घटना नदोहोराउनको लागि अहिलेसम्म २० वटा राजनीतिक दल र समूहहरुसँग एकता भएको बताए । उनले भने, ‘हामी इतिहासको एकदमै महत्वपूर्ण मोडमा छौं । हामी एकताबद्ध भएर संकल्पका साथ अगाडि जाँदा यो राष्ट्रको स्वाधिनता, जनताको आत्मसम्मान, जनताको आत्म निर्णयको अधिकार नेपाल र नेपालीको पहिचानको रक्षा गर्न सकिन्छ ।

हामी एकताबद्ध भएर अगाडि बढ्न सकेनौं भने दुर्घटना हुन सक्छ जुन हामीले एकचोटी भोगी पनि सक्यौं । फेरि दोहोरिन पनि सक्छ, त्यो हुन नदिनको लागि हामीले पहिला अन्य पार्टीहरुसँग सहकार्य, संवाद गर्दै अहिलेसम्म २० वटा राजनीतिक दल र समूहहरुको एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेको छ ।’ यस्तै, उनले यो एकता कम्युनिष्ट, वामपन्थी, समाजवादीको मात्रै होइन मधेश, पहाड र हिमाली जनताको एकता भएको उल्लेख गर्दै सबैको एकताको बलमा यो राष्ट्रलाई स्वाधिन र सुदृढ गर्ने यात्रा सुरु गर्ने संकल्प गरेको बताए । उनले भने, ‘यो कम्युनिष्ट र वामपन्थी, समाजवादीको मात्रै एकताको कुरा होइन । यो नेपाल राष्ट्रको एकताको कुरा हो, नेपाली जनताको एकताको कुरा हो, मधेश, पहाड र हिमाली जनताको एकताको कुरा हो । सबैको एकताको बलमा यो राष्ट्रलाई स्वाधिन र सुदृढ गर्ने र यहाँका जनताका आर्थिक जीवनमा एउटा नयाँ समृद्धिको यात्रा सुरु गर्ने संकल्प पनि हो यो ।’ आउने दिनमा जनताले देख्ने, बुझ्ने गरि, जनतासँगै मिलेर उत्पादन कार्यमा अगाडि बढ्ने भन्दै यसको लागि सबैले आफ्नो ठाँउबाट मेहेनत गर्नुपर्ने पनि उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोथरमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने
लोथरमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने
विश्वकै पहिलो कृषि गेम रियालिटी शो आजदेखि
विश्वकै पहिलो कृषि गेम रियालिटी शो आजदेखि
प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार
प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने
गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।  जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए ।  ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन थालेको हो ।

कर्मचारीलाई हात लगाएपछि न्युजिल्याण्डका मन्त्रीद्वारा राजीनामा
कर्मचारीलाई हात लगाएपछि न्युजिल्याण्डका मन्त्रीद्वारा राजीनामा
जानकी मन्दिरमा १११ मिटरको चुनरी माता सीतालाई अपर्ण
जानकी मन्दिरमा १११ मिटरको चुनरी माता सीतालाई अपर्ण
मलेसियालाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा
मलेसियालाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा
गाजामा इजरायली सेनाद्वारा ३३ प्यालेस्टिनीहरूको ह*त्या
गाजामा इजरायली सेनाद्वारा ३३ प्यालेस्टिनीहरूको ह*त्या
काठमाडौं महानगरद्वारा १० जना स्रष्टालाई जनही एक लाख ५० हजार पुरस्कार
काठमाडौं महानगरद्वारा १० जना स्रष्टालाई जनही एक लाख ५० हजार पुरस्कार