जडीबुटी स्थित फर्निचरमा आगलागीबाट १० लाखको क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन ५, २०८०
|
|
२७ पटक हेरिएको
Shares
जडीबुटी स्थित फर्निचरमा आगलागीबाट १० लाखको क्षति

सारांश

  • काठमाडौँ महानगरपालिका–३२ जडीबुटी स्थित फर्निचरमा आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको आकलन गरिएको छ ।
  • शुक्रवार साँझ अमृत शाहीले स्टोर गरेर राखेको फर्निचर गोदाममा आगलागी भएको हो ।
  • चार वटा दमकल प्रयोग गरेर सुरक्षाकर्मीले आगो निभाएका छन् ।

५ फागुन, काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ जडीबुटी स्थित फर्निचरमा आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको आकलन गरिएको छ ।

शुक्रवार साँझ अमृत शाहीले स्टोर गरेर राखेको फर्निचर गोदाममा आगलागी भएको हो । चार वटा दमकल प्रयोग गरेर सुरक्षाकर्मीले आगो निभाएका छन् । फर्निचर गोदाममा पहिला रेस्टुरेन्ट सञ्चालनमा थियो । यसअघि त्यहाँ सञ्चालित ‘स्वागतम खाजा घर एण्ड रेस्टुरेन्ट’ बन्द गरेर शाहीले फर्निचर स्टोर गरेर राखेको प्रहरी वृत्त नयाँ बानेश्वरका एजकना अधिकृतले बताए । प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?