थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २८, २०८२
|
|
४० पटक हेरिएको
Shares
थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने

सारांश

  • थारू समुदायले पुस ३० गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव २०८२’  मनाउने भएको छ ।
  • सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै टुँडिखेलमा दुई दिन माघी महोत्सव  मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एवं थारू कल्याण कारिणीसभाका अध्यक्ष प्रेमिलाल चौधरीले जानकारी दिए ।
  • उनले महोत्सव मूल समारोहको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्ने पनि जानकारी दिए ।

२८ पुस, काठमाडौं ।

थारू समुदायले पुस ३० गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव २०८२’  मनाउने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै टुँडिखेलमा दुई दिन माघी महोत्सव  मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एवं थारू कल्याण कारिणीसभाका अध्यक्ष प्रेमिलाल चौधरीले जानकारी दिए ।

उनले महोत्सव मूल समारोहको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्ने पनि जानकारी दिए । महोत्सवले थारू संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्दै आन्तरिक एवं बाह्य पर्यटकलाई महोत्सवमा सहभागि गराई मुलुकको अर्थतन्त्रमा विकास गर्नमा सहयोग पुर्याउने लक्ष्य राखेको समेत उनको भनाइ छ । उनका अनुसार झाँकी र्याली प्रदर्शन, मूल समुद्घाटन समारोह, विविध थारु सांस्कृकित प्रश्तुती, थारु खानपिन प्रदर्शनी एवं विक्री, सीप हस्तकला, पुस्तक प्रदर्शनी एवं विक्री महोत्सवका मुख्य आकर्षण रहेका छन् ।

महोत्सवमा थारू सांस्कृतिक नृत्य तथा गीत (मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा नाच) सहित दुई दर्जनभन्दा धेरै सुन्दर नृत्य तथा गीतको प्रस्तुती रहने उनले बताए । महोत्सवमा थारू जातिले माघीपर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डु, लाइमुरी, भुजा, बन्डी जाँडको झोल, दारू, केराको तरूवा, सखरखण्ड, खरिया, सुँगुर र बङ्गुरको मासु, परेवाको मासु, माछा, घोघी, गङ्गटो, सिधरा, मसुलार) समेत रहनेछन् ।

थारु समूदायले माघिलाई नयाँ वर्षको रुपमा मनाउँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोस्रो एकदिवसीयमा आयरल्यान्डले नेपाललाई दियो १७५ रनको लक्ष्य
दोस्रो एकदिवसीयमा आयरल्यान्डले नेपाललाई दियो १७५ रनको लक्ष्य
सांसद बन्न अर्बपति देखि सञ्चार उद्यमी सम्मले दिए उम्मेद्वारी
सांसद बन्न अर्बपति देखि सञ्चार उद्यमी सम्मले दिए उम्मेद्वारी
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
काठमाडौं महानगरका मेयर शाहले आफ्नो आलोचना गर्ने चार समितिका संयोजक हटाए
काठमाडौं महानगरका मेयर शाहले आफ्नो आलोचना गर्ने चार समितिका संयोजक हटाए
सिंहदरबारमा एमाले संसदीय दलको बैठक
सिंहदरबारमा एमाले संसदीय दलको बैठक
चितवनमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते
चितवनमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते
मधेशमा सत्ता घटकबीच सहमति : करोडभन्दा कमका योजना नबन्ने, चुनावसम्मै गठबन्धन
मधेशमा सत्ता घटकबीच सहमति : करोडभन्दा कमका योजना नबन्ने, चुनावसम्मै गठबन्धन
सरकार संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्धत भयो : कांग्रेसको निष्कर्ष
सरकार संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्धत भयो : कांग्रेसको निष्कर्ष
शाहबको ह्याट्रिकसहित ६ विकेट, पोखरालाई हराउँदै काठमान्डु गोर्खाज प्लेअफमा
शाहबको ह्याट्रिकसहित ६ विकेट, पोखरालाई हराउँदै काठमान्डु गोर्खाज प्लेअफमा
वाग्मती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
वाग्मती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य