Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २८, २०८२
|
|
४२ पटक हेरिएको
Shares
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ सुरु

सारांश

  • काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ सुरु हुने भएको छ।
  • कृत्रिम बुद्धिमत्ता (एआई) सम्मेलन केयूको डिपार्टमेन्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स र एआई क्लब (केयूएआइसी) को आयोजनामा सञ्चालन हुने भएको हो।
  • क्लबका अध्यक्ष अशिम श्रेष्ठका अनुसार सम्मेलनले एआईलाई केवल ‘रिसर्च’ वा ‘जेनरेटिभ टुल’मा सीमित नराखी शिक्षा, स्वास्थ्य, वित्त, उद्योग, शासन र समाजमा यसको व्यावहारिक प्रयोगबारे जनचेतना फैलाउने उद्देश्य राखेको छ।

 

काठमाडौं ।

काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ सुरु हुने भएको छ। कृत्रिम बुद्धिमत्ता (एआई) सम्मेलन केयूको डिपार्टमेन्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स र एआई क्लब (केयूएआइसी) को आयोजनामा सञ्चालन हुने भएको हो। क्लबका अध्यक्ष अशिम श्रेष्ठका अनुसार सम्मेलनले एआईलाई केवल ‘रिसर्च’ वा ‘जेनरेटिभ टुल’मा सीमित नराखी शिक्षा, स्वास्थ्य, वित्त, उद्योग, शासन र समाजमा यसको व्यावहारिक प्रयोगबारे जनचेतना फैलाउने उद्देश्य राखेको छ।

‘ब्रिजिङ इन्टेलिजेन्स एन्ड इनोभेसन’ नारासहित आयोजना गरिएको तीनदिने सम्मेलनमा विद्यार्थी, अनुसन्धानकर्ता, उद्योग, स्टार्टअप, नीति–निर्माता र सर्वसाधारणलाई एउटै प्लेटफर्ममा जोडिनेछ। सम्मेलन तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरण ‘एआई क्यानभास’ अन्तर्गत एआई फाउन्डेसन, बुटक्याम्प, वेबिनारलगायतका आधारभूत सिकाइ कार्यक्रम समावेश छन्। दोस्रो चरण ‘एआई कन्क्लेभ’ जनवरी १२–१४ मा केयू केन्द्रीय कार्यालयमा सञ्चालन हुनेछ भने तेस्रो चरण ‘एआई कन्भर्जेन्स–२०२६’ अन्तर्गत समग्र परिणाम, नीति सिफारिस र एक्सपो आयोजना गरिनेछ। सोमबार नेसनल लेभल एआई समिट, मंगलबार प्रोजेक्ट प्रदर्शनी, रोबोटिक्स प्रतियोगिता, ई–गेम्स, टेक–टक्स र एक्सपो, र बुधबार ‘एआई फर सोसाइटी’ प्यानल डिस्कसन, ई–गेम्सको फिनाले, जनचेतना कार्यक्रम र एआई नीति छलफल हुने आयोजकले जानकारी दिएका छन्। आयोजकको अनुमानअनुसार तीन दिनमा करिब ५ हजार अवलोकनकर्ताको सहभागिता रहनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको मूल्य निर्धारण
मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको मूल्य निर्धारण
शव हस्तान्तरण गर्न सुरु, तीनको पहिचानै खुलेन
शव हस्तान्तरण गर्न सुरु, तीनको पहिचानै खुलेन
माओवादी केन्द्रसहित नौवटा वाम पार्टीको एकता घोषणा आज
माओवादी केन्द्रसहित नौवटा वाम पार्टीको एकता घोषणा आज
नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै, गण्डक ब्यारेजका सबै ढोका खुला
नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै, गण्डक ब्यारेजका सबै ढोका खुला
एमाले महाधिवेशनमा भौतिक रुपमा उपस्थित नभए पनि म साथमै छु : विद्या भण्डारी
एमाले महाधिवेशनमा भौतिक रुपमा उपस्थित नभए पनि म साथमै छु : विद्या भण्डारी
यात्रुसँग बढी भाडा असुल्नेलाई कारबाही शुरु, चितवन बाट ६ जना नियन्त्रणमा
यात्रुसँग बढी भाडा असुल्नेलाई कारबाही शुरु, चितवन बाट ६ जना नियन्त्रणमा
संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह
संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह
तीजको दिन घट्यो सुनचाँदीको भाउ
तीजको दिन घट्यो सुनचाँदीको भाउ
खानेपानीको दिगो समाधान गर्न ठूला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ : मन्त्री यादव
खानेपानीको दिगो समाधान गर्न ठूला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ : मन्त्री यादव