कांग्रेसले ५० प्रतिशत नयाँ अनुहार लिएर निर्वाचनमा जानुपर्छ: नेता चौधरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २७, २०८२
|
|
३१ पटक हेरिएको
Shares
कांग्रेसले ५० प्रतिशत नयाँ अनुहार लिएर निर्वाचनमा जानुपर्छ: नेता चौधरी

सारांश

  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आउने निर्वाचनमा कांग्रेसको तर्फबाट ५० प्रतिशत नयाँ अनुहार पठाउनुपर्ने बताएका छन् ।
  • आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै कांग्रेसले जेनजीका भावना प्रतिनिधित्व गरेको पार्टीको रुपमा आफूलाई उभ्याएको हेर्न चाहाने धारणा राखे ।
  • उनले भने,‘नेपाली कांग्रेसले अब कम्तिमा ५० प्रतिशत नयाँ अनुहार निर्वाचनमा सहभागी भएको हेर्न चाहन्छु ।

काठमाडौं ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आउने निर्वाचनमा कांग्रेसको तर्फबाट ५० प्रतिशत नयाँ अनुहार पठाउनुपर्ने बताएका छन् । आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै कांग्रेसले जेनजीका भावना प्रतिनिधित्व गरेको पार्टीको रुपमा आफूलाई उभ्याएको हेर्न चाहाने धारणा राखे । उनले भने,‘नेपाली कांग्रेसले अब कम्तिमा ५० प्रतिशत नयाँ अनुहार निर्वाचनमा सहभागी भएको हेर्न चाहन्छु ।

कांग्रेसले जेनजीका भावनाको प्रतिनिधि गरेको पार्टीको रुपमा आफूलाई उभ्याएको हेर्न चाहन्छ । राजनीतिलाई पेसा होइन् ,समाज रुपान्तरण गर्ने महत्वपूर्ण प्लेटफर्म हो भनेर उभिन चाहनेलाई खुला रुपमा उभ्याउन चाहन्छ ।’
त्यस्तै उनले ३५ वर्षको दौरानमा कांग्रेसले बाटो बिराएको स्वीकार गरे । सृजनशील, योग्य र क्षमता भएका व्यक्तिहरुलाई ढोका खोलेर भित्र्याउने राजनीति प्रणाली कांग्रेसले सृजना गर्न नसकेको उनको भनाई छ । ‘हामीले ३५ वर्षको दौरानमा बाटो बिराएकै रहेछौं । हामीले एउटा यस्तो राजनीतिक प्रणालीको सृजना गर्न सकेनौं जहाँ सृजनसिल, योग्य र क्षमता भएका व्यक्तिहरुलाई हर किसिमबाट ढोका खोलेर भित्र्याउन सकियोस्’उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?