प्रचण्डका साथ छोडेका रहबर प्रदेश सभा सदस्यबाट पनि राजीनामा दिने तयारीमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष २६, २०८२
|
|
३१ पटक हेरिएको
Shares
प्रचण्डका साथ छोडेका रहबर प्रदेश सभा सदस्यबाट पनि राजीनामा दिने तयारीमा

सारांश

  • नेपाली कम्युनिष्ट पार्टी बाट औपचारिक रूपमा राजीनामा दिएका नेता रहबर अन्सारीले प्रदेश सभा सदस्य पदबाट पनि राजीनामा दिने तयारी गरेका छन् ।
  • तत्कालीन नेकपा माओवादी केन्द्रबाट मधेश प्रदेशसभामा निर्वाचित अन्सारीले प्रदेश सभा सदस्य पदबाट पनि राजीनामा दिने तयारी गरेका  हुन् ।
  • रहबरका अनुसार पार्टीभित्र लामो समयदेखि देखिँदै आएको आन्तरिक असन्तुष्टि, विचार र व्यवहारबीचको अन्तर तथा पछिल्ला राजनीतिक घटनाक्रमले आफूलाई यो निर्णयमा पुग्न बाध्य बनाएको छ ।

२६ पुस, जनकपुरधाम ।

नेपाली कम्युनिष्ट पार्टी बाट औपचारिक रूपमा राजीनामा दिएका नेता रहबर अन्सारीले प्रदेश सभा सदस्य पदबाट पनि राजीनामा दिने तयारी गरेका छन् । तत्कालीन नेकपा माओवादी केन्द्रबाट मधेश प्रदेशसभामा निर्वाचित अन्सारीले प्रदेश सभा सदस्य पदबाट पनि राजीनामा दिने तयारी गरेका  हुन् । रहबरका अनुसार पार्टीभित्र लामो समयदेखि देखिँदै आएको आन्तरिक असन्तुष्टि, विचार र व्यवहारबीचको अन्तर तथा पछिल्ला राजनीतिक घटनाक्रमले आफूलाई यो निर्णयमा पुग्न बाध्य बनाएको छ ।  “अब पार्टी मात्रै होइन, प्रदेश सभा सदस्यको हैसियतमा पनि निरन्तर बसिरहनु उपयुक्त ठानिनँ,” उनले भने ।

रहबर केही समययता माओवादी केन्द्रको नीति, नेतृत्व शैली र निर्णय प्रक्रियाप्रति असन्तुष्ट देखिँदै आएका थिए। प्रदेशस्तरमा जनतासँग गरिएका प्रतिबद्धता पूरा हुन नसकेको, संगठन कमजोर बन्दै गएको र आन्तरिक लोकतन्त्र सीमित भएको भन्दै उनले पटक–पटक असन्तुष्टि व्यक्त गर्दै मधेश प्रदेश सभामा सार्वजनिक रुपमै आफैँ अनुहारमा कालो मोसो छ्यापेका थिए । जसकारण लोसपाको सरकार ढलेको थियो । त्यसैको निरन्तरता स्वरूप उनले हालै पार्टी परित्याग गरेका थिए। पार्टीबाट बाहिरिएपछि उनी स्वतन्त्र हैसियतमा रहने वा अर्को राजनीतिक धार समात्ने भन्ने विषयमा विभिन्न अड्कलबाजी भइरहेका बेला मधेश प्रदेश सभा सदस्य पदबाट समेत राजीनामा दिने तयारीमा रहेको छ । उनले औपचारिक प्रक्रिया पूरा गरेर चाँडै प्रदेश सभामा मै गएर राजीनामा बुझाउने तयारी भइरहेको जानकारी पनि दिए। यद्यपि आगामी राजनीतिक यात्राबारे भने उनले स्पष्ट खुलाएका छैनन्। यस विषयमा माओवादी केन्द्रले हालसम्म औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। यस विषयमा मधेश प्रदेशमा आधिकारिक रुपमा जानकारी नआएको स्रोतको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ बजेटका लागि अर्थ मन्त्रालयले माग्यो सुझाव
नयाँ बजेटका लागि अर्थ मन्त्रालयले माग्यो सुझाव
सुनसरी घटना समाधान गर्न विशेष र यथेष्ट पहल भैइरहेको छ : अर्थमन्त्री 
सुनसरी घटना समाधान गर्न विशेष र यथेष्ट पहल भैइरहेको छ : अर्थमन्त्री 
इरानको सबैभन्दा ठुलो बन्दरगाहमा विस्फोट, करिब ३०० जना घाइते
इरानको सबैभन्दा ठुलो बन्दरगाहमा विस्फोट, करिब ३०० जना घाइते
रौतहटबाट काठमाडौँ आउँदै गरेको बस चितवनमा दुर्घटना, २० जना घाइते
रौतहटबाट काठमाडौँ आउँदै गरेको बस चितवनमा दुर्घटना, २० जना घाइते
श्रीलङ्कामा नेपालको पहिलो अभ्यास खेल रद्द
श्रीलङ्कामा नेपालको पहिलो अभ्यास खेल रद्द
शिक्षा मन्त्री पन्तलाई प्रश्न : त्रिविको उपकुलपति छनोटको प्रक्रिया कहाँ पुग्यो ?
शिक्षा मन्त्री पन्तलाई प्रश्न : त्रिविको उपकुलपति छनोटको प्रक्रिया कहाँ पुग्यो ?
सुर्खेत विमानस्थल शनिबारसम्मका लागि बन्द
सुर्खेत विमानस्थल शनिबारसम्मका लागि बन्द
दुई महिनामा वीरगञ्ज भन्सारले उठायो साढे २५ अर्ब राजस्व
दुई महिनामा वीरगञ्ज भन्सारले उठायो साढे २५ अर्ब राजस्व
त्रिविको जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माओवादीको माग
त्रिविको जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माओवादीको माग
ट्राफिक सप्ताहको दोस्रो दिन १९ हजारभन्दा बढी सडक प्रयोगकर्ता सचेत
ट्राफिक सप्ताहको दोस्रो दिन १९ हजारभन्दा बढी सडक प्रयोगकर्ता सचेत