सुदन गुरुङ गोरखा-१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष २५, २०८२
|
|
५४ पटक हेरिएको
Shares
सुदन गुरुङ गोरखा-१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने

सारांश

  • जेनजी अभियन्ता सुदन गुरुङले गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।
  • गुरुङले आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात भन्दै सामाजिक सञ्जाल मार्फत उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।
  • सुदन राजनीतिक रुपमा कुनै दलमा अहिलेसम्म प्रवेश भने गरेका छैनन् ।

 

२५ पुस, काठमाडौं ।

जेनजी अभियन्ता सुदन गुरुङले गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । गुरुङले आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात भन्दै सामाजिक सञ्जाल मार्फत उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

सुदन राजनीतिक रुपमा कुनै दलमा अहिलेसम्म प्रवेश भने गरेका छैनन् । उनले पहल गरेर बालेन शाह र कुलमानलाई रास्वपामा प्रवेश गराएका थिए । गत निर्वाचनमा गोरखा-१ बाट नेपाली कांग्रेसका राजेन्द्र बजगाईं ३३ हजार ४२८ मत प्राप्त गरि विजयी भएका थिए । उनले एमालेका राम शरण बस्नेतलाई पराजित गरेका थिए । यस क्षेत्रमा रास्वपाले ४ हजार ८९२ मत प्राप्त गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?