सेयर बजारमा उत्साहपूर्ण सुधार, ६ अर्ब नजिकको कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २१, २०८२
|
|
३८ पटक हेरिएको
Shares
सेयर बजारमा उत्साहपूर्ण सुधार, ६ अर्ब नजिकको कारोबार

सारांश

  • साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उत्साहजनक सुधार देखिएको छ ।
  • आज नेप्से परिसूचक २३.
  • १३ अङ्कले बढेर २६३३.

२१ पुष, काठमाडौँ ।

साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उत्साहजनक सुधार देखिएको छ । आज नेप्से परिसूचक २३.१३ अङ्कले बढेर २६३३.७६ विन्दुमा पुगेको छ । बजारमा उत्साह देखिँदा कारोबार रकम सुधार आएको छ । आज बजारमा १ करोड १३ लाख ७५ हजार ४७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९६ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आजको बजारमा कुल १९४ कम्पनीको मूल्य बढेको छ भने ५९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

आज सबै उपसूचकहरू हरियाली देखिएका छन् । उत्पादन तथा प्रशोधन ३.०५ प्रतिशत, विकास बैंक २.७० प्रतिशत, होटल तथा पर्यटन २.५३ प्रतिशत तथा जलविद्युत १.४४ प्रतिशतले बढेको छ ।  बैंकिङ, बिमा र फाइनान्स उपसूचकहरूमा पनि १ प्रतिशत भन्दा कमको सामान्य सुधार देखिएको छ ।  आज बजारमा ६ वटा कम्पनीमा १० प्रतिशत वृद्धिसहित सकारात्मक सर्किट लागेको छ । यी कम्पनीहरूमा सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केवलकार, रूरू जलविद्युत र बाराही हाइड्रोपावर रहेका छन् ।

बजार बढे पनि केही कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक र सापाङ्दीमाई जलविद्युत को सेयर मूल्यमा २.४९ प्रतिशतको गिरावट आएको छ ।  कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो । यस कम्पनीको ३५ करोड ५२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, बन्दीपुर केबलकारको २० करोड ४७ लाख र एसवाई प्यानल को १७ करोड ४७ लाख बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
प्रतिनिधिसभा बैठक : राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची
प्रतिनिधिसभा बैठक : राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची
प्रविधिमैत्री बन्दै कामपाका विद्यालय
प्रविधिमैत्री बन्दै कामपाका विद्यालय
बाढीले क्षतिग्रस्त बिपी राजमार्ग : चार खण्डमा पुनर्निर्माण हुँदै
बाढीले क्षतिग्रस्त बिपी राजमार्ग : चार खण्डमा पुनर्निर्माण हुँदै
वायु प्रदूषणमा दिल्लीलाई पछ्याउँदै काठमाडौं
वायु प्रदूषणमा दिल्लीलाई पछ्याउँदै काठमाडौं
रास्वपाका शीर्ष नेता चितवनमा, महाधिवेशन तयारी अन्तिम चरणमा
रास्वपाका शीर्ष नेता चितवनमा, महाधिवेशन तयारी अन्तिम चरणमा
महोत्तरीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
महोत्तरीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ हुँदै
प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ हुँदै
भूमि सम्बन्धी विधेयक फिर्ता लिन नेकपा (एकीकृत समाजवादी) को माग
भूमि सम्बन्धी विधेयक फिर्ता लिन नेकपा (एकीकृत समाजवादी) को माग
कुलमान घिसिङको तीन वर्षे उपलब्धि सार्वजनिक (पूर्णपाठ)
कुलमान घिसिङको तीन वर्षे उपलब्धि सार्वजनिक (पूर्णपाठ)