२३ माघ २०८२, बिहीबार

वन हेरालु महतोको टाउको घटनास्थल देखि १०० मिटर टाढा भेटियो

सर्लाहीमा घाँटी छिनाइ हत्या गरिएका वन हेरालु रामईश्वर महतोको टाउको फेला परेको छ। घटनास्थल नजिकैको झाडीमा महतोको टाउको भेटिएको प्रहरीले जनाएको छ।


सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार केही समयअघि मात्रै झाडीमा टाउको फेला परेको हो। “घटनास्थल नजिकै झाडीमा टाउको भेटिएको छ। टाउको नभएको शव हिजो नै फेला परेको थियो,” डीएसपी राईले बताए। उनका अनुसार घटनास्थलको मुचुल्का र प्रारम्भिक अनुसन्धान पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ।

शनिबार सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राईटरखोरस्थित सागरनाथ वन विकास परियोजनाको जंगलभित्र महतोको टाउकोबिनाको शव फेला परेको थियो। ज्यालादारीमा वन हेरालुको काम गर्दै आएका स्थानीय ४७ वर्षीय महतोको शव घरबाट करिब पाँच सय मिटर टाढा जंगलभित्र भेटिएको स्थानीयले बताएका छन्।

 

Post Comment

छुटाउनुभयो कि ?