२३ माघ २०८२, बिहीबार

रास्वपाले सार्वजनिक गर्‍यो समानुपातिक आकांक्षीको अन्तिम सूची

 

११ पुुस, काठमाडौं । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ । पार्टीले शुक्रबार २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ३८७ जना आकांक्षी उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।

रास्वपाका अनुसार कुल ४१४ जनाले आवेदन दिएका थिए, जसमध्ये २७ जनाको नाम अन्तिम सूचीमा समावेश गरिएको छैन । सूचीमा नाम नपरेका आकांक्षीलाई भर्चुअल माध्यमबाट उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराइने पार्टीले जनाएको छ । समानुपातिक उम्मेदवार बन्नका लागि प्रति व्यक्ति ५० हजार रुपैयाँ आवेदन शुल्क तोकिएको थियो । सोही अनुसार पार्टीले दुई करोड सात लाख रुपैयाँ संकलन गरेको रास्वपाले जनाएको छ ।

Post Comment

छुटाउनुभयो कि ?