महाधिवेशनको अन्योलबीच कांग्रेस कार्यसम्पादन समितिको बैठक आज

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष ११, २०८२
|
|
३० पटक हेरिएको
Shares
महाधिवेशनको अन्योलबीच कांग्रेस कार्यसम्पादन समितिको बैठक आज

सारांश

  • महाधिवेशनको विवाद फेरि चर्किँदै गएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि बस्दैछ ।
  • पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।
  • महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यता र आगामी अधिवेशन प्रक्रियाबारे बढ्दो अन्योलकाबीच बस्न लागेको बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

काठमाडौं ।

महाधिवेशनको विवाद फेरि चर्किँदै गएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि बस्दैछ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यता र आगामी अधिवेशन प्रक्रियाबारे बढ्दो अन्योलकाबीच बस्न लागेको बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ । कार्यसम्पादन समितिको बैठकपछि महामन्त्री विश्वप्रकाश शर्माले अबको १६ दिनभित्र क्रियाशील सदस्यताको काम टुंग्याउनुपर्ने अवस्था आएको बताएका छन् ।

महामन्त्री शर्माले क्रियाशील सदस्यताको काम सकेर वडा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पूरा गरी सिधै केन्द्रीय महाधिवेशनमा जानुपर्ने प्रस्ताव अघि सारेका छन् । महाधिवेशन केवल नेतृत्व चयनमा सीमित नभई पार्टी र देशलाई सकारात्मक सन्देश दिनुपर्ने उनको भनाइ छ । उनले हालको सुरक्षा र राजनीतिक परिस्थितिलाई उल्लेख गर्दै जेलबाट भागेका कैदी र लुटिएका हतियार फिर्ता नआएसम्म निर्वाचन सम्भव नहुने दाबी गरेका छन् । त्यसका लागि सरकारले वातावरण बनाउनुपर्ने र चुनाव फागुनभन्दा वैशाखमा गर्नु उपयुक्त हुने उनको सुझाव छ । यता पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्रका विषयलाई सार्वजनिक रूपमा अतिरञ्जित गर्नु उपयुक्त नहुने बताएका छन् । उनले पार्टीभित्रका असहमतिहरू बैठकमै छलफल गरेर समाधान खोजिनुपर्ने बताउँदै आएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बस्दै आएको छ । बुधबारदेखि सुरु भएको बैठकमा नेताहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त
एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिंदै
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिंदै
कुवेतको तेल रिफाइनरीमा ड्रोन आक्रमण
कुवेतको तेल रिफाइनरीमा ड्रोन आक्रमण
सुवर्ण गाउँपालिकाद्वारा ४३ करोड ८ लाख बजेट सार्वजनिक, स्वर्गीय रामअयोध्या प्रसाद यादवको शालिक बनाउने निर्णय
सुवर्ण गाउँपालिकाद्वारा ४३ करोड ८ लाख बजेट सार्वजनिक, स्वर्गीय रामअयोध्या प्रसाद यादवको शालिक बनाउने निर्णय
महोत्तरीका एक वार्ड अध्यक्ष मृत फेला
महोत्तरीका एक वार्ड अध्यक्ष मृत फेला
हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीन महिनादेखि उत्पादन बन्द
हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीन महिनादेखि उत्पादन बन्द
नेपाल, क्यानडा र ओमानबीचको त्रिकोणात्मक टी-२० सिरिज भोलिदेखि
नेपाल, क्यानडा र ओमानबीचको त्रिकोणात्मक टी-२० सिरिज भोलिदेखि
गजेन्द्र दास हत्याका आरोपी २ वर्षपछि पक्राउ
गजेन्द्र दास हत्याका आरोपी २ वर्षपछि पक्राउ
कप्तान एन्जिला आज नेपाल आउँदै
कप्तान एन्जिला आज नेपाल आउँदै
राजमार्गमा अलपत्र यात्रुलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन
राजमार्गमा अलपत्र यात्रुलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन