वीरगञ्ज नाका हुँदै ५ महिनामा ४० अर्बको सामान विदेश निर्यात

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष १०, २०८२
|
|
५२ पटक हेरिएको
Shares
वीरगञ्ज नाका हुँदै ५ महिनामा ४० अर्बको सामान विदेश निर्यात

सारांश

  • वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ ।
  • गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ८९ प्रतिशतअर्थात् रु १८ अर्ब ७९ करोड बढीको निर्यात भएको हो ।
  • जबकि गत आवको पाँच महिनामा भने २१ अर्ब १८ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो ।

१० पुस, वीरगञ्ज (पर्सा) ।

वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ८९ प्रतिशतअर्थात् रु १८ अर्ब ७९ करोड बढीको निर्यात भएको हो । जबकि गत आवको पाँच महिनामा भने २१ अर्ब १८ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा यो नाका हुँदै हुने निर्यातमा उल्लेखनीय वृद्धि भएको बताए । चालु आवको पाँच महिनामा २० अर्ब ७६ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको छ । त्यस्तै तीन अर्ब सात करोड मूल्य पर्ने फलफूलको जुस निर्यात भयो । दुई अर्ब ८७ करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल, एक अर्ब ९७ करोड मूल्य पर्ने प्रशोधित पाम तेल निर्यात भएको छ । त्यस्तै एक अर्ब ५० करोड मूल्य पर्ने विभिन्न किसिमका कपडाहरु पनि निर्यात भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अफताब आलमलाई सफाइ दिने उच्चको फैसलाविरुद्ध सरकार पुग्यो सर्वोच्च
अफताब आलमलाई सफाइ दिने उच्चको फैसलाविरुद्ध सरकार पुग्यो सर्वोच्च
५ एसएसपी डीआईजीमा बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री
५ एसएसपी डीआईजीमा बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री
पक्राउ पुर्जी जारी भएपछि सिरोहिया भेट्न कांग्रेस नेताहरुको लर्को
पक्राउ पुर्जी जारी भएपछि सिरोहिया भेट्न कांग्रेस नेताहरुको लर्को
भोलि एमालेसहित तीन पक्षको प्रदर्शन, काठमाडौंको सुरक्षा व्यवस्थामा कडाइ
भोलि एमालेसहित तीन पक्षको प्रदर्शन, काठमाडौंको सुरक्षा व्यवस्थामा कडाइ
यसरी तयार गरेर न्युयोर्क पठाइयो राष्ट्रसंघमा प्रधानमन्त्री शाहले गर्ने भाषण, १४ मिनेटमा के–के बोल्दैछन्
यसरी तयार गरेर न्युयोर्क पठाइयो राष्ट्रसंघमा प्रधानमन्त्री शाहले गर्ने भाषण, १४ मिनेटमा के–के बोल्दैछन्
गृह मन्त्रालयको भर्चुअल बैठक : निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन
गृह मन्त्रालयको भर्चुअल बैठक : निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको सही सदुपयोग गर्न नसक्नु हो :मन्त्री तिमल्सिना
नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको सही सदुपयोग गर्न नसक्नु हो :मन्त्री तिमल्सिना
धनगढीमा एमालेले चैत्र २९ गते बृहत् विशेष सभा गर्ने
धनगढीमा एमालेले चैत्र २९ गते बृहत् विशेष सभा गर्ने
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ