पार्टी संगठन विस्तारमा लाग्न नेताकार्यकर्तालाई महतोको आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १, २०८२
|
|
४३ पटक हेरिएको
Shares
पार्टी संगठन विस्तारमा लाग्न नेताकार्यकर्तालाई महतोको आग्रह

सारांश

  • राष्ट्रिय मुक्ति पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले आफ्नो गृह जिल्ला सर्लाहीमा पार्टी संगठन विस्तारलाई तीव्रता दिनुभएको छ ।
  • अध्यक्ष महतोले आफ्नो निर्वाचन क्षेत्र सर्लाही–२ लाई समेत लक्षित गर्दै सोमबार नेता तथा कार्यकर्तासँग भेटघाट गरी संगठन मजबुत बनाउन सक्रिय रूपमा लाग्न आग्रह गर्नुभएको हो ।
  • यस क्रममा अध्यक्ष महतोले चुनावी गठबन्धनमा रहेको जनता समाजवादी पार्टीका नेताहरूसँग पनि छलफल गर्नुभएको छ ।

 

१ पुस, काठमाडौं ।

राष्ट्रिय मुक्ति पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले आफ्नो गृह जिल्ला सर्लाहीमा पार्टी संगठन विस्तारलाई तीव्रता दिनुभएको छ । अध्यक्ष महतोले आफ्नो निर्वाचन क्षेत्र सर्लाही–२ लाई समेत लक्षित गर्दै सोमबार नेता तथा कार्यकर्तासँग भेटघाट गरी संगठन मजबुत बनाउन सक्रिय रूपमा लाग्न आग्रह गर्नुभएको हो ।
यस क्रममा अध्यक्ष महतोले चुनावी गठबन्धनमा रहेको जनता समाजवादी पार्टीका नेताहरूसँग पनि छलफल गर्नुभएको छ ।

उहाँले जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा किसान संघका अध्यक्ष भागनरायण राय, जिल्ला अध्यक्ष शम्भु प्रसाद यादव लगायतका नेताहरूसँग भेटघाट गर्दै आगामी राजनीतिक रणनीतिबारे विचार–विमर्श गर्नुभएको थियो । सोमबार नै अध्यक्ष महतोले कौडेना गाउँपालिकाका विभिन्न वडामा पुगेर नेता तथा कार्यकर्तासँग छलफल गर्नुभएको छ । कौडेना गाउँपालिकाको वडा नम्बर ४ मोतीपुर, वडा नम्बर ३ कौडेना, वडा नम्बर ५ छपकहिया, वडा नम्बर १ लक्ष्मीपुर सुखचैना, वडा नम्बर ६ र ७ सक्रौल–शिवनगर तथा वडा नम्बर २ इनर्वा गरी गाउँपालिकाको सात वटै वडामा भेटघाट कार्यक्रम सम्पन्न भएको जिल्ला अध्यक्ष गणेश यादवले जानकारी दिनुभयो । भेटघाटका क्रममा अध्यक्ष महतोले पार्टीलाई गाउँ तहसम्म सशक्त बनाउन संगठन विस्तार अपरिहार्य रहेको बताउँदै सबै नेताकार्यकर्तालाई एकजुट भएर जनतामाझ पुग्न आह्वान गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?