प्रधानाध्यापक विरूद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा दायर

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर २९, २०८२
|
|
४५ पटक हेरिएको
Shares
प्रधानाध्यापक विरूद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा दायर

सारांश

  • अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका–२ दुहवीमा रहेको शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुरविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
  • आर्थिक वर्ष २०७८/०७९ मा आईसीटी ल्याब स्थापना तथा आर्थिक वर्ष २०७९/०८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयमा आईटी ल्याव स्थापना तथा डिजिटल लाइब्रेरी सुदृढीकरण कार्यक्रममा रकम हिनामिना गरेको दाबीसहित आयोगले सोमबार मुद्दा दायर गरेको हो ।
  • अख्तियारले प्रधानाध्यापक ठाकुरसँगै तत्कालीन लेखापाल अरूणकुमार कुशियैतविरूद्ध जनही आड लाख ६२ हजार १५२ रूपैयाँ बिगो रकमसहित विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

२९ मंसिर, काठमाडौं ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका–२ दुहवीमा रहेको शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुरविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा आईसीटी ल्याब स्थापना तथा आर्थिक वर्ष २०७९/०८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयमा आईटी ल्याव स्थापना तथा डिजिटल लाइब्रेरी सुदृढीकरण कार्यक्रममा रकम हिनामिना गरेको दाबीसहित आयोगले सोमबार मुद्दा दायर गरेको हो ।

अख्तियारले प्रधानाध्यापक ठाकुरसँगै तत्कालीन लेखापाल अरूणकुमार कुशियैतविरूद्ध जनही आड लाख ६२ हजार १५२ रूपैयाँ बिगो रकमसहित विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए । ‘ठाकुर र कुशियैतले आपसी मिलेमतो तथा योजनामा सरकारी सार्वजनिक सम्पत्ति हिनामिना हानी–नोक्सानी तथा दुरूपयोग गरेको हुँदा निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर भएकोले निज प्रतिवादीहरूलाई सजायको मागदाबी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर ४ जना नेपाली मजदुरको ज्यान गयो
भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर ४ जना नेपाली मजदुरको ज्यान गयो
पहिलोपल्ट नेकपा एसको कार्यालय पुगे ओली, पत्रकार कोइरालालाई दिए श्रद्धाञ्जली
पहिलोपल्ट नेकपा एसको कार्यालय पुगे ओली, पत्रकार कोइरालालाई दिए श्रद्धाञ्जली
प्राविधिक शिक्षामा जोड दिनुपर्छ : मुख्यमन्त्री सिंह
प्राविधिक शिक्षामा जोड दिनुपर्छ : मुख्यमन्त्री सिंह
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण
‘ट्रयाक’ खुलेको २२ वर्षपछि मजुवा–नेपाने सडक कालोपत्र
‘ट्रयाक’ खुलेको २२ वर्षपछि मजुवा–नेपाने सडक कालोपत्र
अर्थमन्त्रीले गरे क्षतिग्रस्त बुटवल उपमहानगर भवनको अवलोकन
अर्थमन्त्रीले गरे क्षतिग्रस्त बुटवल उपमहानगर भवनको अवलोकन
विद्यालय शिक्षा विधेयक संशोधनका लागि नेसनल प्याब्सनको लिखित सुझाव
विद्यालय शिक्षा विधेयक संशोधनका लागि नेसनल प्याब्सनको लिखित सुझाव
एमालेसँग सहकार्य गरेर चुनाव लड्ने सम्भावना छैन : प्रचण्ड
एमालेसँग सहकार्य गरेर चुनाव लड्ने सम्भावना छैन : प्रचण्ड
मकवानपुरमा आगलागीबाट २ करोडको क्षति, आगो निभाउने क्रममा घरधनी घाइते
मकवानपुरमा आगलागीबाट २ करोडको क्षति, आगो निभाउने क्रममा घरधनी घाइते
दुई वटा संसदीय समितिको बैठक बस्दै
दुई वटा संसदीय समितिको बैठक बस्दै