बन्द सत्रमा ओलीको सम्बोधन– देशलाई विखण्डन गर्ने प्रयासलाई एमाले चिर्नुपर्छ
२८ मंसिर, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशलाई विखण्डन गर्ने प्रयास भइरहेको बताएका छन् । भृकुटीमण्डमा आयोजित एमाले महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै ओलीले देशलाई विखण्डन गर्ने र संविधान मिच्ने काम भएको भन्दै ट्रयाकमा ल्याउन लाग्नुपर्ने बताएका हुन् ।

‘देशलाई विखण्डित गर्ने प्रयास भइरहको छ । यसलाई एमालेले चिर्नुपर्नेछ । त्यो पूरा गर्ने दृढ अठोट छ एमालेसँग छ,’ ओलीले बन्द सत्रलाई सम्बोधन गर्दै भने, ‘मिचिएको र थिचिएको संविधानलाई ट्रयाकमा ल्याउनुपर्छ । किनकि हामी ठूलो क्षति व्यहोरेको अवस्थामा छौँ ।’




Post Comment