तीर्थराज भट्टराईसँग २५ लाख धरौटी माग्ने आदेश
२७ मंसिर, काठमाडौं ।
भिजिट भिसा अनियमितता प्रकरणमा भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दामा विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन सहसचिव तीर्थराज भट्टराईको थुन्छेक बहस सकिएको छ । बहसपछि विशेष अदालतले तत्कालीन सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग गरी बाहिरै बसेर मुद्दा लड्न पाउने गरी आदेश गरेको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू नारायणप्रसाद पौडेल र डिल्लीराज श्रेष्ठको इजलासले भट्टराईलाई २५ लाख धरौटी राखेर मुद्दा लड्न पाउने आदेश गरेको हो । थुनछेक बहसपछि आदेश गर्ने क्रममा न्यायाधीशहरूबीच राय बाझिएको छ । अध्यक्ष भट्ट र सदस्य पौडेलले २५ लाख धरौटी माग्ने आदेश गरे भने सदस्य श्रेष्ठले पुर्पक्षका लागि थुनामा राख्नुपर्ने भन्दै फरक राय राखेका छन् ।





Post Comment