विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, सुदूरपश्चिमसँग उपाधिको भिडन्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २५, २०८२
|
|
१८ पटक हेरिएको
Shares
विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, सुदूरपश्चिमसँग उपाधिको भिडन्त

सारांश

  • दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ४० रनको जित निकाल्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल)–२०२५ को फाइनलमा प्रवेश गरेको छ ।
  • गत सिजन पुछारमा रहँदै प्रतियोगिता टुंग्याएको लुम्बिनीले अब दोस्रो संस्करणको उपाधिका निम्ति साविक उपविजेता सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
  • सुदूरपश्चिमले यसअघि पहिलो क्वालिफायरमा विराटनगरविरुद्ध नै ७७ रनको जित निकाल्दै लगातार दोस्रो पटक फाइनल यात्रा तय गरेको थियो ।

 

२५ मंसिर, काठमाडौं ।

दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ४० रनको जित निकाल्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल)–२०२५ को फाइनलमा प्रवेश गरेको छ । गत सिजन पुछारमा रहँदै प्रतियोगिता टुंग्याएको लुम्बिनीले अब दोस्रो संस्करणको उपाधिका निम्ति साविक उपविजेता सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिमले यसअघि पहिलो क्वालिफायरमा विराटनगरविरुद्ध नै ७७ रनको जित निकाल्दै लगातार दोस्रो पटक फाइनल यात्रा तय गरेको थियो ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा लुम्बिनीले दिएको १३५ रनको सामान्य लक्ष्य पछ्याए पनि विराटनगर १७.५ ओभरमा ९४ रनमै समेटियो । विराटनगरलाई सस्तैमा समेट्न लुम्बिनीले प्रयोग गरेका पाँचमध्ये पाँचै बलरले विकेट लिए । तिलक भण्डारीले तीन विकेट लिए । चार ओभरमा तिलकले ३.७५ को इकोनोमीसहित १५ रनमात्र खर्चिए ।  अभिषेश गौतम, जेजे स्मिथ र रुबेन ट्रम्पेलमनले समान दुई विकेट लिए । शेर मल्लको नाममा एक विकेट रह्यो । विराटनगरका साम हेजलेटले सर्वाधिक ३४ रन बनाए । उनले २८ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । नरेन भट्टले २१ र मर्चेन्ट डी लांगेले १७ रन थपे । विराटनगरका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । ओपनरद्वय मार्टिन गप्टिल र फाफ डू प्लेसिसले क्रमशः दुई र तीन रनमात्र जोडे । तेस्रो क्रमका ब्याटर लोकेश बम ‘गोल्डेन डक’ भए । शंकर रानाले सात रन थपे । बसिर अहमेद र कप्तान तथा मार्की सन्दीप लामिछानले समान तीन रनमा पभेलियन फर्किए । प्रशितक जिसीको नाममा दुई रन रह्यो ।

टस हारेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३४ रनको योगफल खडा गर्यो । लुम्बिनीका ओपनर डार्सी शर्टले सर्वाधिक ४५ रन बनाए । उनले ४१ बलमा तीन चौका र एक छक्का प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले ३० बलमा दुई चौका र दुई छक्कासहित ३४ रन थपे । यी दुईले ८–१ को स्थितीबाट यी दुईले ६९ रनको साझेदारी गर्दै लुम्बिनीको इनिङ सम्हालेका थिए । तर, ११.२ ओभरमा ७७–२ को स्थितिबाट लुम्बिनी २७ रन जोड्दा १६ ओभरमा १०४–६ को स्थितिमा पुगेको थियो । निरोसान डिकवेलाले २२ बलमा चार चौकासहित २९ रन जोडे । रुबेन ट्रम्पेलमनले ११ रन बनाए । लुम्बिनीका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । सन्दीप जोरा र जेजे स्मिथले ‘डक’ भए । दीलिप नाथ र दीनेश अधिकारी पनि समान एक रनमा पभेलियन फर्किए ।

विराटनगरका स्पिनर सुवास भण्डारीले तीन विकेट लिए । चार ओभरमा उनले ३.५० को इकोनोमीसहित १४ रनमात्र खर्चिए । चार ओभर बलिङ गरेका प्रतिश जिसीले २७ रन खर्चिदै तीन विकेट लिए । कप्तान सन्दीप लामिछानले चार ओभरमा १८ रन खर्चिएर दुई विकेट लिए ।  प्रतियोगितामा विराटनगरले लिग चरणमा दोस्रो स्थान हासिल गर्दै प्लेअफ यात्रा तय गरेको थियो । यता, लुम्बिनी भने चौथो स्थानमा रहँदै प्लेअफमा आइपुगेको हो । प्रतियोगिताको फाइनल खेल मंसिर २७ गते हुने तालिका छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी जिल्लामा आकस्मिक बाढीको जोखिम
यी जिल्लामा आकस्मिक बाढीको जोखिम
हिमाचलमा भीषण भूस्खलन, बसमा ठोक्किँदा १५ जनाको मृ*त्यु
हिमाचलमा भीषण भूस्खलन, बसमा ठोक्किँदा १५ जनाको मृ*त्यु
स्वास्थ्य नितिहरुमा यौनिक तथा लैङ्गिक समाजका व्यक्तिहरूलाई समेत जोड्नु पर्छ: मन्त्रि सुरिता कुमारी
स्वास्थ्य नितिहरुमा यौनिक तथा लैङ्गिक समाजका व्यक्तिहरूलाई समेत जोड्नु पर्छ: मन्त्रि सुरिता कुमारी
नेपाल औषधि लिमिटिडसँग जिटुजीमार्फत औषधि खरिद गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
नेपाल औषधि लिमिटिडसँग जिटुजीमार्फत औषधि खरिद गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
१२ दिनमा १३ लाख किशोरीले लगाए एचपीभी खोप
१२ दिनमा १३ लाख किशोरीले लगाए एचपीभी खोप
रौतहटमा ओलीलाई १०१ किलोको माला
रौतहटमा ओलीलाई १०१ किलोको माला
नाउपा दलको कार्यालयमा मधेश केन्द्रित ८ दलको बैठक
नाउपा दलको कार्यालयमा मधेश केन्द्रित ८ दलको बैठक
एमालेमा तत्काल जाँदैनौं, पहिले अभियान चलाउँछौं: किसान श्रेष्ठ
एमालेमा तत्काल जाँदैनौं, पहिले अभियान चलाउँछौं: किसान श्रेष्ठ
हिन्दूराष्ट्रका लागि संविधान संशोधन गरे रास्वपा सरकारलाई समर्थन गर्नेर्छौं : कमल थापा
हिन्दूराष्ट्रका लागि संविधान संशोधन गरे रास्वपा सरकारलाई समर्थन गर्नेर्छौं : कमल थापा
बैंकिङ प्रणालीबाट ९० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट ९० अर्ब तरलता खिच्दै राष्ट्र बैंक