अमरेश सिंहको क्षेत्र सर्लाही ४ बाट गगन थापा उम्मेदवार सिफारिस

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर २४, २०८२
|
|
४१ पटक हेरिएको
Shares
अमरेश सिंहको क्षेत्र सर्लाही ४ बाट गगन थापा उम्मेदवार सिफारिस

सारांश

  •   कांग्रेस महामन्त्री गगनकुमार थापा सर्लाहीबाट पनि प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस भएका छन्।
  • काठमाडौँ, धनकुटा र रोल्पासँगै थापा सर्लाहीबाट पनि उम्मेदवार सिफारिस भएका हुन्।
  •   नेता थापालाई सर्लाही क्षेत्र नम्बर ४बाट उम्मेदवार सिफारिस गरिएको कांग्रेस सर्लाहीले जनाएको छ।

२४ मंसिर, काठमाडौं । 

कांग्रेस महामन्त्री गगनकुमार थापा सर्लाहीबाट पनि प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस भएका छन्। काठमाडौँ, धनकुटा र रोल्पासँगै थापा सर्लाहीबाट पनि उम्मेदवार सिफारिस भएका हुन्।  नेता थापालाई सर्लाही क्षेत्र नम्बर ४बाट उम्मेदवार सिफारिस गरिएको कांग्रेस सर्लाहीले जनाएको छ। कांग्रेसको क्षेत्रीय समिति बैठकले सर्लाही ४ बाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ थापाको नाम सिफारिस गरेको हो।

यो क्षेत्रबाट थापासँगै मधेस प्रदेशसभा सदस्य वीरन्द्रप्रसाद सिंह पनि उम्मेदवार सिफारिस भएका छन्। तर, चार दिनअघि मात्रै सर्लाही सदरमुकाम मलंगवा पुगेका बेला थापाले आफू यसपटक पनि काठमाडौँबाटै चुनाव लड्ने बताएका थिए। ०७९ मा भएको निर्वाचनमा सर्लाहीको क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह निर्वाचित भएका थिए। सिंह २० हजार १७ मत प्राप्त गर्दै विजयी हुँदा कांग्रेस उम्मेदवार नागेन्द्रकुमार रायले १८ हजार २५३ मत प्राप्त गरेका थिए।  कांग्रेसले काठमाडौँ क्षेत्र नम्बर ४ बाट  यसपटक पनि थापालाई नै सिफारिस गरेको छ।  क्षेत्रीय समिति बैठकले महामन्त्री थापाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो। थापाले काठमाडौँ ४ बाट लगातार निर्वाचन जित्दै आएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु
पाँच अर्बभन्दा बढी बजेट फिर्ता, कहाँबाट कति?
पाँच अर्बभन्दा बढी बजेट फिर्ता, कहाँबाट कति?
एनपीएल : कर्णालीयाक्सजनकपुर बोल्ट्सविरुद्धपहिलाब्याटिङ गर्ने
एनपीएल : कर्णालीयाक्सजनकपुर बोल्ट्सविरुद्धपहिलाब्याटिङ गर्ने
२५ अंकले घट्यो नेप्से, १० अर्ब बराबरको कारोबार
२५ अंकले घट्यो नेप्से, १० अर्ब बराबरको कारोबार
१६ महिनामा देशको प्रतिष्ठा बढाउने मानक कायम भएको छ : प्रधानमन्त्री
१६ महिनामा देशको प्रतिष्ठा बढाउने मानक कायम भएको छ : प्रधानमन्त्री
सर्वोच्च अदालतको न्यायाधीशमा तीन जना सिफारिस
सर्वोच्च अदालतको न्यायाधीशमा तीन जना सिफारिस
भारतले ३६ घण्टाभित्र आफूविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाएको पाकिस्तानको दाबी
भारतले ३६ घण्टाभित्र आफूविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाएको पाकिस्तानको दाबी
प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?
प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?
सरकार र शिक्षक महासंघबीच सहमतिको प्रयास जारी, आज अर्थ मन्त्रालयसँग छलफलको तयारी
सरकार र शिक्षक महासंघबीच सहमतिको प्रयास जारी, आज अर्थ मन्त्रालयसँग छलफलको तयारी
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना