आरजु राणा कैलाली–५ बाट एक नम्बरमा सिफारिस, सर्वसम्मत निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २३, २०८२
|
|
३९ पटक हेरिएको
Shares
आरजु राणा कैलाली–५ बाट एक नम्बरमा सिफारिस, सर्वसम्मत निर्णय

सारांश

  • कांग्रेस नेतृ तथा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवा कैलाली–५ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएकी छन् ।
  • नेपाली कांग्रेस कैलाली–५ का क्षेत्रीय सभापति भीम पडालका अनुसार सर्वसम्मत निर्णयबाट उनको नाम सिफारिस भएको हो ।
  • राणासँगै अन्य तीनजनाको पनि नाम सिफारिस भएको उनले जानकारी दिए ।

२३ मंसिर, काठमाडौं ।

कांग्रेस नेतृ तथा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवा कैलाली–५ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएकी छन् । नेपाली कांग्रेस कैलाली–५ का क्षेत्रीय सभापति भीम पडालका अनुसार सर्वसम्मत निर्णयबाट उनको नाम सिफारिस भएको हो । राणासँगै अन्य तीनजनाको पनि नाम सिफारिस भएको उनले जानकारी दिए । कैलालीका पूर्वसभापति नरनारायण शाह, नेता डिल्लीराज पन्त र धनगढीका पूर्वमेयर तथा केन्द्रीय सदस्य नृपबहादुर बड सिफारिस भएका छन् ।

“हामीले क्षेत्रीय कार्यासमितिको सर्वसम्मत निर्णयबाट चारजनाको नाम प्रतिनिधिसभामा र तीन जनाको नाम राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेका छौं,” पडालले  भने, “अब केन्द्रले उमेदवार छानेर पठाउनेछ ।”  उनले राष्ट्रियसभा सदस्यका लागि रीता भण्डारी, हरिश खड्का र रामचन्द्र ओझाको नाम सर्वसम्मत सिफारिस गरिएको बताए ।  आरजु २०७४ को प्रतिनिधिसभा निर्वाचनमा यही निर्वाचन क्षेत्रमा पराजित भएकी थिइन् । त्यसबेला उनलाई एमालेका नारदमुनी रानाले पराजित गरेका थिए ।

०७९को निर्वाचनमा भने आरजु समानुपातिकबाट सांसद भएकी थिइन् । कांग्रेसले अघिल्लोपटक समानुपातिक तर्फबाट निर्वाचितहरूलाई यसपटक समानुपातिकमा नराख्ने निर्णयसहितको परिपत्र गरेपछि उनी प्रत्यक्षतर्फको पहिलो नम्बरमा सिफारिस भएकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कात्तिक १७ गते मनाङमा उपनिर्वाचन हुने
कात्तिक १७ गते मनाङमा उपनिर्वाचन हुने
विराटनगर विमानस्थलमा पूर्वमन्त्री महेश बस्नेतमाथि आक्रमणको प्रयास, दुई युवक पक्राउ
विराटनगर विमानस्थलमा पूर्वमन्त्री महेश बस्नेतमाथि आक्रमणको प्रयास, दुई युवक पक्राउ
गल्ती र कमजोरीबाट सिकेर पार्टी पुनर्गठन गर्नेछौँ : योगेश भट्टराई
गल्ती र कमजोरीबाट सिकेर पार्टी पुनर्गठन गर्नेछौँ : योगेश भट्टराई
क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा
क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा
भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण
भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण
दुर्गा प्रसाईंको रिहाइको माग गर्दै सानोठिमी–सल्लाघारी सडक अवरोध
दुर्गा प्रसाईंको रिहाइको माग गर्दै सानोठिमी–सल्लाघारी सडक अवरोध
नेप्सेमा दोहोरो अङ्कको सुधार, आठ अर्ब ५८ करोडको कारोबार
नेप्सेमा दोहोरो अङ्कको सुधार, आठ अर्ब ५८ करोडको कारोबार
सर्वोच्च अदालतको निर्णयले पार्टीलाई बलियो बनाउने यात्रामा अघि सारेको छ : सभापति थापा
सर्वोच्च अदालतको निर्णयले पार्टीलाई बलियो बनाउने यात्रामा अघि सारेको छ : सभापति थापा
रोमानिया पठाइदिन्छु भन्दै साढे ९ लाख ठगी गर्ने युवक पक्राउ
रोमानिया पठाइदिन्छु भन्दै साढे ९ लाख ठगी गर्ने युवक पक्राउ
रुपन्देहीको अगरबत्ती उद्योगमा आगलागी, २ करोडको क्षति दाबी
रुपन्देहीको अगरबत्ती उद्योगमा आगलागी, २ करोडको क्षति दाबी