प्रधानमन्त्रीलाई लिङ्देनको आग्रह- राजा, दल र जेनजीसहितको सर्वपक्षीय सम्मेलन गरौं

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २३, २०८२
|
|
२८ पटक हेरिएको
Shares
प्रधानमन्त्रीलाई लिङ्देनको आग्रह- राजा, दल र जेनजीसहितको सर्वपक्षीय सम्मेलन गरौं

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा, राजनीतिक दल र जेनजीसहितको सर्वपक्षीय सम्मेलन आयोजना गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेका छन् ।
  • मंगलबार पार्टीले काठमाडौंमा गरेको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो प्रस्ताव राखेका हुन् ।
  • वर्तमान प्रधानमन्त्रीको काँधमा ठूलो राजनीतिक जिम्मेवारी रहेको उल्लेख गर्दै उनले यो कामको नेतृत्व लिन पनि लिङ्देनले सुझाए ।

२३ मंसिर, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा, राजनीतिक दल र जेनजीसहितको सर्वपक्षीय सम्मेलन आयोजना गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेका छन् । मंगलबार पार्टीले काठमाडौंमा गरेको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो प्रस्ताव राखेका हुन् । वर्तमान प्रधानमन्त्रीको काँधमा ठूलो राजनीतिक जिम्मेवारी रहेको उल्लेख गर्दै उनले यो कामको नेतृत्व लिन पनि लिङ्देनले सुझाए ।

‘म वर्तमान प्रधानमन्त्रीलाई यहीँबाट आग्रह गर्न चाहन्छु । तपाईं यत्रो ठूलो रक्तपातपछि प्रधानमन्त्री बन्नुभएको छ । तपाईं मध्यावधि चुनाव गर्नका लागि मात्रै प्रधानमन्त्री बन्नुभएको होइन, तपाईंको काँधमा ऐतिहासिक जिम्मेवारी पनि छ,’ उनले भने, ‘त्यसकारण तपाईं राजा, राजनीतिक दल र जेनजी पुस्ताको एउटा सर्वपक्षीय सम्मेलनको आयोजना गर्नुस् र देशलाई निकास दिने कामको नेतृत्व गर्नुस् । म राजनीतिक दलहरूलाई पनि आग्रह गर्न चाहन्छु ।’ देशले अब यो भन्दा ठूलो द्वन्द्व बेहोर्न नसक्ने लिङ्देनको भनाइ छ ।

‘देशले यो भन्दा ठूलो द्वन्द्व बेहोर्न सक्दैन । अब सबै प्रकारका आग्रह, पूर्वाग्रह र अहंकार त्यागेर सम्झौताका लागि तयार हुनुस् । ठूला केही राजनीतिक दलका नेताहरूले मुख खोल्न थाल्नुभएको छ । उहाँहरूलाई पनि भन्छु पार्टीमा औपचारिक निर्णय गर्नुस्,’ उनले भने । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाको रुपमा राजा रहने व्यवस्था गरेर अघि बढ्न उनले सुझाए । ‘अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाको रुपमा राजा रहने व्यवस्था गरेर जाऔं । अब यसको विकल्प छैन,’ लिङ्देनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णालीका एक दर्जन स्थानीय तहले करार कर्मचारी नराख्ने
कर्णालीका एक दर्जन स्थानीय तहले करार कर्मचारी नराख्ने
सबै स्थानीय तहमा विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौंः प्रधानमन्त्री ओली
सबै स्थानीय तहमा विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौंः प्रधानमन्त्री ओली
महाकाली कोरिडोरलाई नीति तथा कार्यक्रममा समावेश गर्न सांसद बडूको माग
महाकाली कोरिडोरलाई नीति तथा कार्यक्रममा समावेश गर्न सांसद बडूको माग
फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्छ : सभामुख घिमिरे
फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्छ : सभामुख घिमिरे
पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने
पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने
पौडी खेल्ने क्रममा बालिकाको मृत्यु
पौडी खेल्ने क्रममा बालिकाको मृत्यु
सुदूरपश्चिम प्रदेशको बजेट आज प्रस्तुत हुने
सुदूरपश्चिम प्रदेशको बजेट आज प्रस्तुत हुने
सर्लाहीको कबिलासी नगरपालिकामा चोरी, कम्प्युटर र कार्यालय सामग्रीसहित पाँच जना पक्राउ
सर्लाहीको कबिलासी नगरपालिकामा चोरी, कम्प्युटर र कार्यालय सामग्रीसहित पाँच जना पक्राउ
नयाँ  नेपाल बनाउन नयाँ कांग्रेस जरुरी छ: कांग्रेस नेता दीपक गिरी
नयाँ  नेपाल बनाउन नयाँ कांग्रेस जरुरी छ: कांग्रेस नेता दीपक गिरी
कुलेखानी जलाशय भरिएपछि ३१ वर्षपछि ड्यामको दुवै ढोका खोलियो सर्लाही सम्मको बस्ती खतरा मा
कुलेखानी जलाशय भरिएपछि ३१ वर्षपछि ड्यामको दुवै ढोका खोलियो सर्लाही सम्मको बस्ती खतरा मा