Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जाँचबुझ आयोगमा आजदेखि सशस्त्रका आईजी अर्यालको बयान

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २३, २०८२
|
|
४३ पटक हेरिएको
Shares
जाँचबुझ आयोगमा आजदेखि सशस्त्रका आईजी अर्यालको बयान

सारांश

  • जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई प्रहरी संगठनका प्रमुखहरुसँग बयान लिने तयारी गरेको छ ।
  • आयोगसम्वद्ध स्रोतका अनुसार, मंगलबारदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग बयान लिँदैछ ।
  • त्यसलगत्तै नेपाल प्रहरीका आईजी दानबहादुर कार्कीलाई बोलाउने तयारी छ ।

 

२३ मंसिर, काठमाडौं ।

जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई प्रहरी संगठनका प्रमुखहरुसँग बयान लिने तयारी गरेको छ । आयोगसम्वद्ध स्रोतका अनुसार, मंगलबारदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग बयान लिँदैछ । त्यसलगत्तै नेपाल प्रहरीका आईजी दानबहादुर कार्कीलाई बोलाउने तयारी छ । अर्याल जेनजी आन्दोलनको बेलामा पनि सशस्त्र प्रहरी बलको नेतृत्वमा थिए ।

कार्की भने जेनजी आन्दोलनको अघिल्लो दिन प्रहरी परिचालनको प्रत्यक्ष भूमिकामा थिएनन् । २३ गते बेलुकी मन्त्रिपरिषदको निर्णयपछि भोलिपल्ट अर्थात भदौ २४ गते बिहानदेखि उनले काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हालेका थिए । जाँचबुझ आयोगले कार्कीलाई प्रहरी महानिरीक्षकको हैसियतमा नभई तत्कालीन एआईजीको भूमिका र जिम्मेवारीको हैसियतमा बयान लिने तयारी गरेको हो । ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको बहालवाला नेतृत्वसँग हामीले बयान लिइसकेका छैनौँ, अब बल्ल थाल्ने हो’ आयोगसम्वद्ध स्रोतले भन्यो, ‘त्यसलगत्तै तत्कालीन गृहसचिव, गृहमन्त्री र प्रधानमन्त्रीको पालो आउनेछ ।’

अघिल्लो सातादेखि शुरु भएको काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको बयान भने सकिएको छ । तत्काली प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले पनि बयान दिइसकेका छन् । पुगनपुग एक सातामात्रै अवधि बाँकी रहँदा आयोगले बयानको काम सकेको छैन । थप विवरण संकलन र प्रतिवेदन लेखनका कामहरु बाँकी भएकाले आयोगको समयावधि थप्नुपर्ने निश्चितजस्तै भइसकेको आयोगसम्वद्ध स्रोतले बतायो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गरिब जनतालाई विद्युत्‌को सेवा शुल्कमा ५० प्रतिशत छुट
गरिब जनतालाई विद्युत्‌को सेवा शुल्कमा ५० प्रतिशत छुट
भीषण आगलागीबाट सर्लाही बरहथवामा पौने तीन करोडबराबरको क्षति
भीषण आगलागीबाट सर्लाही बरहथवामा पौने तीन करोडबराबरको क्षति
घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृ*त्यु
घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृ*त्यु
जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप
जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप
भारतलाई ९२ रनले हराउँदै हङकङ सिक्सेसमा नेपालको पहिलो जित
भारतलाई ९२ रनले हराउँदै हङकङ सिक्सेसमा नेपालको पहिलो जित
एमाले नेताहरूद्वारा कांग्रेस पार्टी कार्यालय अवलोकन
एमाले नेताहरूद्वारा कांग्रेस पार्टी कार्यालय अवलोकन
सिंहदरबारबाट प्रधानमन्त्री ओलीले गरे सगरमाथा संवादको घोषणा,
सिंहदरबारबाट प्रधानमन्त्री ओलीले गरे सगरमाथा संवादको घोषणा,
चुनावी माहोल अझै बनिसकेको छैन : अध्यक्ष ओली
चुनावी माहोल अझै बनिसकेको छैन : अध्यक्ष ओली
कालीगण्डकीमा बेपत्ता बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकाल्यो
कालीगण्डकीमा बेपत्ता बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकाल्यो
अछाम घटना : टेलिफोनबाट प्रेम सम्बन्ध, पहिलो भेटमै हत्या
अछाम घटना : टेलिफोनबाट प्रेम सम्बन्ध, पहिलो भेटमै हत्या