जापानमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा ३० जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २३, २०८२
|
|
३१ पटक हेरिएको
Shares
जापानमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा ३० जना घाइते

सारांश

  • जापानको उत्तर–पूर्वी क्षेत्रमा सोमवार राति शक्तिशाली भूकम्प गएको छ ।
  • ७.
  • ६ म्याग्निच्युड तीव्रता मापन भएको भूकम्पबाट कम्तिमा पनि ३० जना घाइते भएका छन् ।

२३ मंसिर, काठमाडौं ।

जापानको उत्तर–पूर्वी क्षेत्रमा सोमवार राति शक्तिशाली भूकम्प गएको छ । ७.६ म्याग्निच्युड तीव्रता मापन भएको भूकम्पबाट कम्तिमा पनि ३० जना घाइते भएका छन् । भूकम्पका कारण हजारौं मानिसहरू घरबाट बाहिर निस्कनुपरेको बीबीसीले जनाएको छ । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयानुसार सोमबार राति २३:१५ बजे गएको थियो ।

भूकम्पको केन्द्र आओमोरी क्षेत्रको तटभन्दा झण्डै ८० किलोमिटरको दूरी जमिनमुनि ५० किलोमिटर (३१ माइल) को गहिराइमामा थियो । भूकम्पपछि देशमा सुनामीको चेतावनी जारी गरिएको थियो । अहिले चेतावनीलाई हटाइएको छ । यद्यपि, तटहरूमा २७ इन्चसम्मका लहरहरू देखिएका छन् । भकम्पका कारण केही रेल सेवाहरू रोकिएको छ भने हजारौं घरहरूमा विद्युत् आपूर्ति बन्द भएको छ । अधिकारीहरूले आगामी दिनमा पनि भूकम्प आउन सक्ने चेतावनी दिँदै आम नागरिकलाई कम्तिमा पनि एक हप्तासम्म ‘हाई अलर्ट’ मा रहन सुझाव दिएका छन् । जापानका प्रधानमन्त्री सनाई तकाइचीले भनेका छन्, ‘भूकम्पलाई लिएर आफ्नो तयारी फेरि जाँच गर्नुहोला र यदि, झटका महसुस भयो भने तुरन्त बाहिर निस्कन तयार रहनुहोला ।’ न्युज एजेन्सी रोयटर्सका अनुसार झण्डै ९० हजार मानिसहरूलाई घरबाट बाहिर निस्कन आदेश जारी भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट घोषणा
भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट घोषणा
यलुङ रि हिमाल आरोहणमा हराएकाको खोजीकार्य स्थगित, पाँच जना अझै बेपत्ता
यलुङ रि हिमाल आरोहणमा हराएकाको खोजीकार्य स्थगित, पाँच जना अझै बेपत्ता
इरानले भन्यो: भारत र पाकिस्तानबीच मध्यस्थता गर्न तयार छौँ
इरानले भन्यो: भारत र पाकिस्तानबीच मध्यस्थता गर्न तयार छौँ
एयरपोर्ट भन्सारमा प्रतिदिन करोडौं घोटाला हुने गरेको छ : प्रचण्ड
एयरपोर्ट भन्सारमा प्रतिदिन करोडौं घोटाला हुने गरेको छ : प्रचण्ड
इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
निर्वाचनका कारण जयनगर–जनकपुर रेल सेवा ३ दिन बन्द
निर्वाचनका कारण जयनगर–जनकपुर रेल सेवा ३ दिन बन्द
डेंगी, हैजा र झाडापखालाको लक्षण र बच्ने उपायहरू सम्बन्धी पर्सा गाउँपालिकाको सार्वजनिक अनुरोध!
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण