हुलाकी राजमार्गको ८४ करोडको ठेक्का सम्झौता तोडियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २३, २०८२
|
|
५७ पटक हेरिएको
Shares
हुलाकी राजमार्गको ८४ करोडको ठेक्का सम्झौता तोडियो

सारांश

  • हुलाकी राजमार्ग निर्देशनालयले हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा–केशलिया सडक खण्डको ठेक्का सम्झौता तोडेको छ ।
  • ६ किलोमिटर सडक निर्माणका लागि सम्झौता भएको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि हेटौँडासँग मंगलबारठेक्का सम्झौता अन्त्य गरिएको सूचना सार्वजनिक भएको हो ।
  • सडक स्तरोन्नति तीन वर्षभित्र सम्पन्न गर्ने गरी कम्पनीसँग २०७६ कात्तिक २३ गते ८३ करोड ९९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

 

२३ मंसिर, काठमाडौं ।

हुलाकी राजमार्ग निर्देशनालयले हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा–केशलिया सडक खण्डको ठेक्का सम्झौता तोडेको छ । ६ किलोमिटर सडक निर्माणका लागि सम्झौता भएको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि हेटौँडासँग मंगलबारठेक्का सम्झौता अन्त्य गरिएको सूचना सार्वजनिक भएको हो । सडक स्तरोन्नति तीन वर्षभित्र सम्पन्न गर्ने गरी कम्पनीसँग २०७६ कात्तिक २३ गते ८३ करोड ९९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

२०७९ कात्तिक २३ सडक निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकोमा निर्माण प्रगति करिब २५ प्रतिशत मात्र छ । ४ र ६ लेनमा स्तारोन्नति गर्ने गरी ठेक्का सम्झौता भएको थियो । दुई पटक म्याद थप्दा पनि प्रगति नभएपछि सम्झौता तोडिएको हो । साइट ठप्प बनाएकाले ठेक्का तोडिएको योजना कार्यायल इटहरीका प्रमुख युवराज पोखरेलले बताए । ठेक्का सम्झौता रद्द हुँदा निर्माण व्यवसायीको कार्य सम्पादन जमानत बापतको ४ करोड १९ लाख रुपैयाँ र पेस्की बापतको ९ करोड ६७ लाख रुपैयाँ जफतका लागि बैंकमा पत्रचार गरिसकिएको योजना प्रमुख पोखरेलले उल्लेख गरे । पेश्की रकममा १० प्रतिशत ब्याजजसहित असुल हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?