भारतसँगको सीमा समस्याको राजनीतिक समाधान खोज्नुपर्छ : परराष्ट्रमन्त्री साउद

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ १५, २०८०
|
|
३२ पटक हेरिएको
Shares
भारतसँगको सीमा समस्याको राजनीतिक समाधान खोज्नुपर्छ : परराष्ट्रमन्त्री साउद

सारांश

  • परराष्ट्रमन्त्री एनपी साउदले नेपाल र भारतबीचको सीमा समस्या राजनीतिक सहमतिका आधारमा खोज्नुपर्ने बताएका छन् ।
  • सोमबार भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सीमा समस्या समाधानका लागि बनेका प्रशासनिक संयन्त्रले प्राविधिक काम गरेपछि राजनीतिक रुपमा समाधानको बाटो खोज्नुपर्ने बताएका हुन् ।
  • ‘सीमानाको समस्या समाधान गर्दा राजनैतिक रुपमा सहमति हुनुपर्छ, हामीसँग प्रशासनिक रुपमा पनि मेकानिजम छ ।

१५ माघ, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल र भारतबीचको सीमा समस्या राजनीतिक सहमतिका आधारमा खोज्नुपर्ने बताएका छन् ।

सोमबार भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सीमा समस्या समाधानका लागि बनेका प्रशासनिक संयन्त्रले प्राविधिक काम गरेपछि राजनीतिक रुपमा समाधानको बाटो खोज्नुपर्ने बताएका हुन् । ‘सीमानाको समस्या समाधान गर्दा राजनैतिक रुपमा सहमति हुनुपर्छ, हामीसँग प्रशासनिक रुपमा पनि मेकानिजम छ । त्यो मेकानिजम क्रियाशील हुनुपर्छ । त्यो क्रियाशील भइसकेपछि तथ्यको आधारमा दुई वटै छिमेकीले एक आपसमा कुटनीतिक किसिमले बसेर यो समस्याको समाधान गर्नुपर्छ । यो कुरा दुवै देशको बीचमा सुरु भइसकेको छ’, उनले भने । भारतका परराष्ट्रमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा दुवै देशका प्रतिनिधिले सीमा समस्या वार्ता र छलफलको माध्यमबाट समाधान गर्ने प्रतिवद्धता जनाएको पनि परराष्ट्रमन्त्री साउदले बताए । मन्त्री साउदले आर्थिक समस्या समाधानका लागि सरकारले जलविद्युत उत्पादन गरी भारत र बंगलादेशसँग विद्युत व्यापार बढाउनुपर्ने बताए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?