नेपाली कम्युनिष्ट पार्टीको मधेश प्रदेश स्तरिय एकता संदेश सभा जनकपुरधाममा हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर १६, २०८२
|
|
८१ पटक हेरिएको
Shares
नेपाली कम्युनिष्ट पार्टीको मधेश प्रदेश स्तरिय एकता संदेश सभा जनकपुरधाममा हुने

सारांश

  • नेपाली कम्युनिष्ट पार्टीको मधेश प्रदेश स्तरिय एकता संदेश सभा जनकपुरधाममा हुने भएको छ ।
  • मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत मंसिर २० गत्ते जनकपुरधामको तुरहुतिया गाछिमो मधेश प्रदेश स्तरिय एकता संदेश सभाको आयोजना हुने पार्टीका नेता एवम पूर्व मन्त्री महेन्द्र राय यादवले जानकारी दिए उनले सातै प्रदेशमा एकताको सन्देश पु¥याउने अभियानअन्तर्गत जनकपुरधाममा उक्त सभा हुन लागेको बताए ।
  • उनले प्रदेशभरिबाट ४० हजार जति मानिस सहभागी हुने आंकलन गरिएको जानकारी दिए ।

१६ मंसिर, जनकपुर ।

नेपाली कम्युनिष्ट पार्टीको मधेश प्रदेश स्तरिय एकता संदेश सभा जनकपुरधाममा हुने भएको छ । मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत मंसिर २० गत्ते जनकपुरधामको तुरहुतिया गाछिमो मधेश प्रदेश स्तरिय एकता संदेश सभाको आयोजना हुने पार्टीका नेता एवम पूर्व मन्त्री महेन्द्र राय यादवले जानकारी दिए

उनले सातै प्रदेशमा एकताको सन्देश पु¥याउने अभियानअन्तर्गत जनकपुरधाममा उक्त सभा हुन लागेको बताए । उनले प्रदेशभरिबाट ४० हजार जति मानिस सहभागी हुने आंकलन गरिएको जानकारी दिए । नेता यादवले एकताको यस सन्देश सभामा देशको परिस्थिती, आगामी चुनाव, देशमा विद्यमान समस्याहरुको बारेमा १६ घटकका नेताहरुले आफ्नो विचार राख्ने बताए । सभामा खासगरी मधेशी जनता र मधेश प्रदेशका समस्याहरुबारे पनि शिर्ष नेताहरुले आफ्नो धारणा राख्ने उनले बताए ।

सो सभामा विभिन्न पार्टी परित्याग गरी नेपाली कम्युनिष्ट पार्टी प्रवेश गर्ने कार्यक्रमसमेत रहेको नेता यादवले जानकारी दिए । उनले जनमतलगायत विभिन्न पार्टीका नेता, कार्यकर्ताहरुसंग कुरा भइसहेको र सभा हुने दिन उनीहरुले पार्टी प्रवेश गर्ने जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशमा बलिदानी दिवस मनाइँदै ,आन्दोलनको १८ वर्ष पूरा,
मधेशमा बलिदानी दिवस मनाइँदै ,आन्दोलनको १८ वर्ष पूरा,
यस कारण काटियो स्वास्थ्यमन्त्रीबाट डा. संगीताको नाम
यस कारण काटियो स्वास्थ्यमन्त्रीबाट डा. संगीताको नाम
डिजे बैण्ड हुदा पाँच सय मजदुर बेरोजगार, डिजे मालिक कंगाल
डिजे बैण्ड हुदा पाँच सय मजदुर बेरोजगार, डिजे मालिक कंगाल
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, त्यसअघि कार्यसम्पादन समितिको बैठक बोलाइयो
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, त्यसअघि कार्यसम्पादन समितिको बैठक बोलाइयो
चितवनको सभामा सांसद ढकालले यसरी सुनाए रविको ‘अन्तिम इच्छा’
चितवनको सभामा सांसद ढकालले यसरी सुनाए रविको ‘अन्तिम इच्छा’
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकुलता खोज्न जरुरीः प्रधानन्यायाधीश राउत
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकुलता खोज्न जरुरीः प्रधानन्यायाधीश राउत
सुर्खेतका दुई कार्यालयबाट १६ जना बिचौलिया पक्राउ
सुर्खेतका दुई कार्यालयबाट १६ जना बिचौलिया पक्राउ
जेन–जी आन्दोलनका क्रममा रौतहटमा २० करोडभन्दा बढीको क्षति भएको अनुमान
जेन–जी आन्दोलनका क्रममा रौतहटमा २० करोडभन्दा बढीको क्षति भएको अनुमान
रास्वपाले आज पत्रकार सम्मेलन गर्दै
रास्वपाले आज पत्रकार सम्मेलन गर्दै
‘शाही चिकित्सक’ डाक्टर खगेन्द्र बहादुर श्रेष्ठको निधन
‘शाही चिकित्सक’ डाक्टर खगेन्द्र बहादुर श्रेष्ठको निधन