चुनाव त जित्छौं, तर जनता नजागे देशमा फेरि संकट आउनसक्छ : प्रचण्ड
सारांश
- १४ मंसिर, काठमाडौं ।
- नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता नजागे देशमा पुन: संकट आउनसक्ने बताएका छन् ।
- आइतबार पोखरामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
१४ मंसिर, काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता नजागे देशमा पुन: संकट आउनसक्ने बताएका छन् । आइतबार पोखरामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । देशमा जनता संगठित र सचेत नभए पुन: ठूलो संकट उत्पन्न हुने चेतावनी उनको थियो । ‘यदि जनता जागरुक भएनन्, राष्ट्रियताको भावना बलियो बनाएनन् भने देशमा फेरि संकट आउनसक्छ,’ प्रचण्डले भनेका छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया