भारतबाट अवैध रूपमा आयात हुने सेतो अण्डा सशस्त्र प्रहरीद्वारा नष्ट
३ चैत, जनकपुर ।
सशस्त्र प्रहरी बलले भारतबाट अवैध रूपमा आयात हुने सेतो अण्डा बरामद गरी नष्ट पार्ने क्रम तीव्र बनाएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भारतबाट अवैध ढङ्गले भित्रिने अण्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न प्रदेशस्थित उच्चपदस्थ सुरक्षा अधिकारीलाई निर्देशन दिएलगत्तै सशस्त्र प्रहरीले सेतो अण्डा बरामद गरी नष्ट पार्ने क्रम तीव्र बनाएको हाे । त्यसयता सशस्त्र प्रहरी बलले गत फागुनमा मात्र ३२४ क्यारेट सेतो अण्डा बरामद गरी नष्ट गरेको जनाएको छ ।
साथै यही चैत २ गते ४५ क्यारेट सेतो अण्डा महोत्तरीमा बरामद गरी नष्ट गरेको सशस्त्र प्रहरी बल मधेस प्रदेश छिन्नमस्ता बाहिनी नम्बर २ मुख्यालयका प्रमुख एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले बताए । उनले सशस्त्र प्रहरी बलले नियमित रूपमा गर्दै आएको सेतो अण्डा ओसारपसार नियन्त्रण कार्यलाई अभियानकै रूपमा अगाडि बढाएको बताए ।
Post Comment