एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनोट गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १३, २०८२
|
|
६१ पटक हेरिएको
Shares
एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनोट गर्दै

सारांश

  • एघारौँ महाधिवेशनका लागि नेकपा एमालेले आज देशैभरी प्रतिनिधि छनोट गर्दैछ ।
  • मंसिर २७-२९ गतेमा काठमाडौँमा हुने पार्टीको महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न लागिएको हो।
  • एमाले केन्द्रीय कार्यालयका अनुसार ११ मंसिरमा सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएको छ ।

१३ मंसिर, काठमाडौं ।

एघारौँ महाधिवेशनका लागि नेकपा एमालेले आज देशैभरी प्रतिनिधि छनोट गर्दैछ । मंसिर २७-२९ गतेमा काठमाडौँमा हुने पार्टीको महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न लागिएको हो। एमाले केन्द्रीय कार्यालयका अनुसार ११ मंसिरमा सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएको छ । केही निर्वाचन क्षेत्रमा ११ मंसिरमै सहमति जुटेको छ । सहमति नजुटेका क्षेत्रहरूमा आज बिहान ८ बजेदेखि निर्वाचन हुँदैछ । निर्वाचनको समयमा अधिकांश क्षेत्रमा दिउँसो २ बजेसम्म राखिएको छ । विभिन्न जिल्लाहरूले अनुकूलता अनुसार मतदानको समय तय गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । गौतमका अनुसार  संघीय निर्वाचन क्षेत्रबाट खुला,महिला,दलित तथा युवाहरू सहित करिब २ हजार प्रतिनिधि छनोट हुँदैछन् । यस्तै प्रवास,जनसंगठन र विभागहरूबाट करिब १ सय प्रतिनिधि छनोट हुनेछन् । एमाले महाधिवेशनमा करिब २२ सय मनोनीत प्रतिनिधि सहभागी हुनेछन् । प्रतिनिधि छनोटका लागि केन्द्रीय संगठन विभागले सिफारिस गरेको प्रस्तावलाई पार्टी सचिवालयले यस अघि पनि पास गरेर मातहतका कमिटीमा पठाइसकेको छ ।

एमालेको १५ कात्तिकमा बसेको केन्द्रीय सचिवालय बैठकले गरेको निर्णय अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानी प्रति १२०० सदस्य खुला दुई र महिला एक निर्वाचित गर्नुपर्ने छ । यसरी प्रतिनिधि छान्दा एक जना ४० वर्ष भन्दा कम उमेरका युवा अनिवार्य हुनुपर्ने छ। दलितका लागि प्रति पाँच सय सदस्य एक प्रतिनिधि निर्वाचित गर्नुपर्ने विधि राखिएको छ। ट्रेड युनियनमा प्रदेशबाट सात जना प्रतिनिधि रहनेछन् । जनसंगठनबाट प्रतिजन संगठन पाँच जनाको प्रतिनिधित्व रहने छ। महासंघीय ढाँचामा रहेका जनसंगठनबाट भने सात जना प्रतिनिधि रहनेछन् । विभाग र कार्यालयबाट एक एक जना प्रतिनिधि रहनेछन् । प्रवासबाट महादेश अनुसार पाँच जना प्रतिनिधि रहने छन् ।

केन्द्रीय कमिटीबाट ३५४ जना स्वतः प्रतिनिधि हुनेछन् । त्यस्तै अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५, सल्लाहकार परिषद् बाट २५ जना प्रतिनिधि रहनेछन्। यी कमिटीबाट जम्मा ४६४ जना स्वतः प्रतिनिधि हुनेछन्। एमालेको कुल संगठित सदस्य संख्या ६ लाख ६७ हजार ६३० सदस्य मध्ये प्रदेशबाट ४५, प्रतिनिधिसभाको निर्वाचन क्षेत्रबाट करिब ९७०, विशेष जिल्लाबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४९, यस्तै  प्रवासबाट, केन्द्रीय विभाग र कार्यालयबाट, जनसंगठनबाट सहित गरी अनुमानित १९ सय भन्दा बढी प्रतिनिधि रहनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं’
‘स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं’
आधा किलो बढी सुन र ३ किलो चाँदीसहित काठमाडौंबाट एक भारतीय पक्राउ
आधा किलो बढी सुन र ३ किलो चाँदीसहित काठमाडौंबाट एक भारतीय पक्राउ
उपत्यकामा २४ घण्टामा ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
उपत्यकामा २४ घण्टामा ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
छोरा भेट्न भारत गइरहेको दम्पतीको दुर्घटनामा मृत्यु, सँगैका बालक पनि रहेनन्
छोरा भेट्न भारत गइरहेको दम्पतीको दुर्घटनामा मृत्यु, सँगैका बालक पनि रहेनन्
सङ्खुवासभाको बाह्रबिसे  बजारमा आगलागी, पाँच घर जले
सङ्खुवासभाको बाह्रबिसे बजारमा आगलागी, पाँच घर जले
काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह
काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप
मुख्यमन्त्री दलित आयआर्जन’ कार्यक्रम सञ्चालन
मुख्यमन्त्री दलित आयआर्जन’ कार्यक्रम सञ्चालन
आइपिएल – इलिमिनेटरमा मुम्बई र गुजरात खेल्दै
आइपिएल – इलिमिनेटरमा मुम्बई र गुजरात खेल्दै
प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध उजुरी आव्हान
प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध उजुरी आव्हान