श्रीलंकामा भीषण बाढी, कम्तीमा ५६ जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १२, २०८२
|
|
२५ पटक हेरिएको
Shares
श्रीलंकामा भीषण बाढी, कम्तीमा ५६ जनाको मृ*त्यु

सारांश

  • श्रीलंकामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी ५६ जनाको मृत्यु भएको छ।
  • २१ जना बेपत्ता भएको अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
  • यो हालैका वर्षहरूमा देशमा भएको सबैभन्दा गम्भीर मौसम-सम्बन्धित विपत्तिमध्ये एक हो।

१२ मंसिर, काठमाडौं

श्रीलंकामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी ५६ जनाको मृत्यु भएको छ। २१ जना बेपत्ता भएको अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यो हालैका वर्षहरूमा देशमा भएको सबैभन्दा गम्भीर मौसम-सम्बन्धित विपत्तिमध्ये एक हो। श्रीलंकाको चिया बगान र  बादुल्लामा पहिरोमा परी २१ जनाको मृत्यु भएको विपद् व्यवस्थापन केन्द्र (DMC) ले जनाएको छ।

सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा बाढीले घरहरू बगाएको देखिन्छ। प्रभावित परिवारहरूका लागि अस्थायी आश्रयहरू स्थापना गरिएका छन्।यसैबीच,शुक्रबार चक्रवात ‘दिटवाहा’आफ्नो पूर्वी तटतिर सर्दै जाँदा थप खराब मौसमको सम्भावना रहेको जनाइएको छ। चक्रवात भारततर्फ सर्दै गएको अनुमान गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?