धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ११, २०८२
|
|
३० पटक हेरिएको
Shares
धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा

सारांश

  • सुन तस्करीको आरोपमा पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा तोकिएको धरौटी बुझाएर रिहा भएका छन् ।
  • उच्च अदालत पाटनले २० लाख धरौटी तोकेपछि रिहाई प्रक्रियाका लागि उनलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो ।
  • जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपक कुमार श्रेष्ठले महराले धरौटी बुझाएर रिहा भएको बताए ।

११ मंसिर, काठमाडौं ।

सुन तस्करीको आरोपमा पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा तोकिएको धरौटी बुझाएर रिहा भएका छन् । उच्च अदालत पाटनले २० लाख धरौटी तोकेपछि रिहाई प्रक्रियाका लागि उनलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो । जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपक कुमार श्रेष्ठले महराले धरौटी बुझाएर रिहा भएको बताए । उच्च अदालत पाटनका न्यायाधीशद्धय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको बिहीबारको इजलासले महरालाई २० लाख धरौटीमा छाड्न आदेश दिँदै ‘मुल जाहेरीमा महराको नामै छैन । पहिलो पुरक अभियोगमा पनि उनीबारे केही उल्लेख छैन ।

अरु अभियुक्तले पनि पोल गरेको देखिँदैन’ भनेको थियो । मुल अभियोग र पहिलो पुरक अभियोगको समेत प्रमाणहरुको विश्लेषण गरी फैसला भइसकेको, बयान तथा प्रमाणले समेत उनलाई तत्काल थुनामा राख्न पर्ने कुनै कारण नदेखिएको उल्लेख उच्चले गरेको थियो । यसअघि २९ असोज मा काठमाडौं जिल्ला अदालतले गरेको आदेश उल्टाउँदै उनलाई २० लाख धरौटीमा छाड्न अदालतले आदेश दियो । उनलाई गत असोज २६ गते सीआईबीले पक्राउ गरेको थियो । १० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट०५८७ नम्बरमार्फत तस्करी भएको ९ किलो सुनमा उनको संलग्क्ष्नता रहेको दाबी गर्दै मुद्दा चलाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रिंकु सदाय मृत्यु प्रकरण:  पञ्चायत गर्ने वडा सदस्य साहसहित चारजना पक्राउ
रिंकु सदाय मृत्यु प्रकरण: पञ्चायत गर्ने वडा सदस्य साहसहित चारजना पक्राउ
माछापुच्छ्रे मुस्कुराउँदा पर्यटकीय सहर पोखरा सुनसान
माछापुच्छ्रे मुस्कुराउँदा पर्यटकीय सहर पोखरा सुनसान
विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै
विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै
अमेरिकाविरुद्धको पहिलो टी-२० मा नेपाल १७ रनले विजयी
अमेरिकाविरुद्धको पहिलो टी-२० मा नेपाल १७ रनले विजयी
माछा मार्न गएका व्यक्तिको हात्ती आक्रमणबाट मृत्यु
माछा मार्न गएका व्यक्तिको हात्ती आक्रमणबाट मृत्यु
भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
मधेशका मन्त्रालयहरुको बजेट रोक्का गर्ने तयारी
मधेशका मन्त्रालयहरुको बजेट रोक्का गर्ने तयारी
रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरणको छानबिन रोकियो, संसदमा कांग्रेसको आरोप
रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरणको छानबिन रोकियो, संसदमा कांग्रेसको आरोप
महानगरपालिकाबाट ४२ हजार ८५६ वटा विद्युतीय शिफारिस जारी
महानगरपालिकाबाट ४२ हजार ८५६ वटा विद्युतीय शिफारिस जारी
प्रधानमन्त्री ओली स्पेन भ्रमण गरी स्वदेश फर्किंदै
प्रधानमन्त्री ओली स्पेन भ्रमण गरी स्वदेश फर्किंदै