क्षतिग्रस्त बीपी राजमार्गमा स्थायी पुनर्निर्माण सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ७, २०८२
|
|
३१ पटक हेरिएको
Shares
क्षतिग्रस्त बीपी राजमार्गमा स्थायी पुनर्निर्माण सुरु

सारांश

  • पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा निर्माण सुरु गरिएको छ ।
  • नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दुरीका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट स्थायी पुनर्निर्माण थालिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
  • गतसाल असोज दोस्रो साता तथा यस वर्षको गत असोज तेस्रो साताको बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पुर्‍याएको थियो ।

७ मंसिर, काभ्रेपलाञ्चोक ।

पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा निर्माण सुरु गरिएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दुरीका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट स्थायी पुनर्निर्माण थालिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । गतसाल असोज दोस्रो साता तथा यस वर्षको गत असोज तेस्रो साताको बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पुर्‍याएको थियो । बाढीपहिरोले सडकका विभिन्न खण्ड बगाएपछि गतसालदेखि अस्थायी रूपमा सञ्चालनमा ल्याइएको क्षतिग्रस्त राजमार्ग स्थायी रूपमा निर्माण सुरु गरिएको कार्यालयले जनाएको हो । क्षतिग्रस्त सडकखण्डमध्ये तीन खण्डको स्थायी पुनर्निर्माणका लागि ठेक्का सम्झौता भई काम अघि बढाइएको कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुसार काभ्रेपलाञ्चोकतर्फको क्षतिग्रस्त तीन खण्डको चौकीडाँडा, मङ्गलटार, नार्के गिम्दीलगायत क्षेत्रबाट स्थायी निर्माण कार्य सुरु गरिएको हो । ठेक्का लागेका तीन मुख्य खण्डको निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ । अबको पुनर्निर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने योगेशको भनाइ छ ।

‘पुनर्निर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ, यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई समेत दुई लेनको निर्माण गरिनेछ,’ योगेशले भने । उनका अनुसार पाँच पुललाई दुई लेनमा परिणत गर्न अध्ययन भइरहेको छ । डालाबेंसीदेखि चारसयबेँसीसम्म आठ दशमलव पाँच किमी सडक पुनर्निर्माणका लागि खानी–एवन–कमलजीत जेभीले एक अर्ब ४२ करोड ३७ लाख रुपैयाँ (भ्याटसहित) मा निर्माण गर्नेगरी ठेक्का पाएको कार्यालयले जनाएको छ । यस्तै, चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ दशमलव शून्य आठ किमी सडक पुनर्निर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई रु एक अर्ब ३३ करोड ५३ लाखमा ठेक्का दिइएको हो । नेपालथोकदेखि बर्खेखोलासम्म चार दशमलव ९० किमी सडक पुनर्निर्माणका लागि ६१ करोड रुपैयाँ (भ्याटसहित) मा निर्माण गर्ने गरी खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको जनाइएको छ । क्षतिग्रस्त कूल २९ दशमलव पाँच किमी सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको तीन दशमलव दुई किमी सडक भने जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले निर्माण गरिदिने भएको छ ।

यस लम्बाइको क्षतिग्रस्त सडकको ठेक्का प्रक्रियाको काम भइरहेको योगेशले जानकारी दिए । उनका अनुसार यस खण्डको पुनःनिर्माणका लागि जापानले दुई अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । कार्यालयले जाइकाले निर्माण गर्ने सडकखण्डबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का लगाइसकेको जनाएको छ । कार्यालयले क्षतिग्रस्त सडकखण्डको स्थायी पुनर्निर्माणका लागि दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको योगेशले बताए । उनले भने, ‘निर्धारित समयमै काम सम्पन्न गर्नेगरी मङ्सिरको सुरुवातदेखि नै स्याथी पुनर्निर्माण थालिएको हो ।’ क्षतिग्रस्त खण्ड पुनःनिर्माणका लागि सरकारले आठ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिइसकेको छ । त्यसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई सात अर्ब ५० करोड रुपैयाँ र सिन्धुलीको एक सडकखण्डलाई एक अर्ब रुपैयाँको स्रोत सहमति दिइएको हो ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास १६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा लिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
कोरोनालाई हेप्दा एक सातामै ३५० अमेरिकनको मृ*त्यु
कोरोनालाई हेप्दा एक सातामै ३५० अमेरिकनको मृ*त्यु
रौतहटमा चुनावी परिणामको अर्को पाटो : १२८ उम्मेदवारको जमानत जफत, राज्य कोषमा १२ लाखभन्दा बढी जम्मा
रौतहटमा चुनावी परिणामको अर्को पाटो : १२८ उम्मेदवारको जमानत जफत, राज्य कोषमा १२ लाखभन्दा बढी जम्मा
आज काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने
आज काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने
आजको मौसम: यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना,
आजको मौसम: यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना,
वीरेन्द्रनगर नगरपालिकाको बजेट तीन अर्ब ५९ करोड
वीरेन्द्रनगर नगरपालिकाको बजेट तीन अर्ब ५९ करोड
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू-१९ फुटबलको सेमिफाइनलमा
माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू-१९ फुटबलको सेमिफाइनलमा
काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह
काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह
नेकपा–लिम्बुवान क्रान्तिकारी पार्टी र जसपा (थापा मगर समूह) बीच एकता तथा समायोजन सहमति
नेकपा–लिम्बुवान क्रान्तिकारी पार्टी र जसपा (थापा मगर समूह) बीच एकता तथा समायोजन सहमति