विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ७, २०८२
|
|
६९ पटक हेरिएको
Shares
विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै

सारांश

  • सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको चौथो दिन आज तिल्कोत्सव मनाइँदै छ ।
  • तिल्कोत्सवमा जानकी मन्दिरबाट एकहजार एक भार लिएर साधुशन्त राममन्दिरमा पुगेर तिल्कोत्सव मनाउने गरिन्छ ।
  • तिल्कोत्सवमालाई मैथिलीमा छेका भनिन्छ ।

७ मंसिर, जनकपुरधाम ।

सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको चौथो दिन आज तिल्कोत्सव मनाइँदै छ । तिल्कोत्सवमा जानकी मन्दिरबाट एकहजार एक भार लिएर साधुशन्त राममन्दिरमा पुगेर तिल्कोत्सव मनाउने गरिन्छ । तिल्कोत्सवमालाई मैथिलीमा छेका भनिन्छ । विवाह हुनुअघि बेहुली पक्षले बेहुला अर्थात बरलाई भार लिएर पुगि  तिल्काउने (टीकाटालो) गर्ने विधि हुन्छ । दहीचुरा, खिरपुरी, विभिन्न मिठाइ, फलफूल, लताकपडासहित १००१ भार जानकी मन्दिरबाट बाजागाजासहित साधुशन्त जनकपुरकै राम मन्दिरमा पुग्ने गर्दछन् ।

भारको नेतृत्व अर्थात राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्त तपेश्वर दास गर्ने गर्छन् भने रामको बुबा अर्थात राजा दशरथको भूमिकामा राममन्दिरका महन्त राम गिरी रहने परम्परा छ । राम मन्दिरमा भार पुगेपछि तिल्कोत्सवको कार्यक्रम भव्य रुपमा हुने गर्दछ । त्यहाँ महिलाहरुले मैथिली भाषाका थरीथरी लोक तथा गाली गीतले छोरी जानकीको पक्षबाट पुगेका साधुशन्तलाई गाली गरी स्वागत गर्ने चलन छ । यसरी सम्धि मिलन र तिल्कोत्सव सम्पन्न हुन्छ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन बिहीबार जानकी मन्दिरमा धनुष यज्ञ मनाइएको छ । त्रेता युगमा राजा जनकले छोरी जानकीको योग्य बर छनोटका लागि भगवान पर्शुरामले दिएको शिव धनुष भाँच्ने यज्ञ गरेका थिए ।

अहिले पनि त्यसरी नै धनुष यज्ञको आयोजन गर्ने गरिन्छ । धनुष यज्ञमा रामको स्वरुप बनेका बालकले धनुष भाँच्ने गर्दछन् । धनुष यज्ञ अव्लोकन गर्न हिजो साँझ जानकी मन्दिरमा हजारौको संख्यामा साधुशन्त तथा दर्शनार्थी भेला भएका थिए । भोलि पाँचौ दिन सोमबार राम र जानकीको मटकोर, मुख्यदिन मंगलबार जानकी र भगवान रामको विवाह र बुधबार रामकलेवा गरी विवाहपञ्चमी महोत्सव सम्पन्न हुने छ । यही मंसिर ४ गतेदेखि सुरु भएको विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन, दोस्रो दिन मंसिर ५ गते फूलबारी लिला र मंसिर ६ गते धनुष यज्ञ मनाइएको थियो । त्रेता युगमा जस्तै प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन भगवान राम र आदर्शनारी सीताको डोलालाई सोयम्बर गरी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापा–५ : ५ हजार बढी मतान्तरले अघि लागे बालेन
झापा–५ : ५ हजार बढी मतान्तरले अघि लागे बालेन
शनिबारको लागि विदेशी मुद्राको विनिमय दर कति ?
शनिबारको लागि विदेशी मुद्राको विनिमय दर कति ?
समाचार हटाउने संविधानविपरीतको आदेश पुनर्विचार गर्न पत्रकार महासंघको आग्रह
समाचार हटाउने संविधानविपरीतको आदेश पुनर्विचार गर्न पत्रकार महासंघको आग्रह
सशस्त्र प्रहरी सहायक निरीक्षक छत्यालबाट सगरमाथाको सफल आरोहण
सशस्त्र प्रहरी सहायक निरीक्षक छत्यालबाट सगरमाथाको सफल आरोहण
भारतमा मन्दिर जाँदै गरेको गाडी दुर्घटना, १२ जनाको मृत्यु
भारतमा मन्दिर जाँदै गरेको गाडी दुर्घटना, १२ जनाको मृत्यु
रोशी खोलाको निरीक्षणमा पुगेका गृहमन्त्री भन्छन् : हेलीमार्फत उद्धारको प्रयास गर्छौं
रोशी खोलाको निरीक्षणमा पुगेका गृहमन्त्री भन्छन् : हेलीमार्फत उद्धारको प्रयास गर्छौं
त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह
त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह
लयमा फर्किंदै सर्वोच्च, आजदेखि रिट निवेदन दर्ता
लयमा फर्किंदै सर्वोच्च, आजदेखि रिट निवेदन दर्ता
मन्त्रीको ‘घुस डिल’ प्रकरणबारे छानबिन गर्न रास्वपाको माग
मन्त्रीको ‘घुस डिल’ प्रकरणबारे छानबिन गर्न रास्वपाको माग
पीडितका लागि वडा महिला सञ्जालमार्फत तत्काल राहतको काम हुनुपर्छ: सुनिता डंगोल
पीडितका लागि वडा महिला सञ्जालमार्फत तत्काल राहतको काम हुनुपर्छ: सुनिता डंगोल