पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, एघार जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर ५, २०८२
|
|
७४ पटक हेरिएको
Shares
पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, एघार जना घाइते

सारांश

  •   पाल्पाको रानीमहल नजिकै बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
  • दाङबाट विद्यार्थी लिएर पाल्पाको तानसेन–१४ स्थित रानीमहल आएको ना ५ ख १०८९ नम्बरको यात्रुबहाक बस शुक्रबार बिहान बैकुण्ठे भिर नजिकै दुर्घटना हुँदा बसमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
  • दुर्घटनामा परी दाङ् जिल्ला राजापुर–४, का ४० वर्षीय सत्रुघन गुप्ता, राजापुर–५ का १२ वर्षीय सन्ध्या भण्डारी, राजापुर–६, का १८ वर्षीया दिलकुमारी रावत, सोही स्थानकी १० वर्षीया सन्तोषी चौधरी घाइते हुनुभएको छ ।

५ मङ्सिर, पाल्पा । 

पाल्पाको रानीमहल नजिकै बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दाङबाट विद्यार्थी लिएर पाल्पाको तानसेन–१४ स्थित रानीमहल आएको ना ५ ख १०८९ नम्बरको यात्रुबहाक बस शुक्रबार बिहान बैकुण्ठे भिर नजिकै दुर्घटना हुँदा बसमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा परी दाङ् जिल्ला राजापुर–४, का ४० वर्षीय सत्रुघन गुप्ता, राजापुर–५ का १२ वर्षीय सन्ध्या भण्डारी, राजापुर–६, का १८ वर्षीया दिलकुमारी रावत, सोही स्थानकी १० वर्षीया सन्तोषी चौधरी घाइते हुनुभएको छ ।  यस्तै राजापुर–६, का १९ वर्षका अजय नेपाली, वडा ५ का २३ वर्षीया सिर्जना यादव, वडा ५ को १३ वर्षका आयुष भण्डारी, १५ वर्षका अभिषेक यादव, दाङ घोराही उपमहानगरपालिका–९ का ३५ वर्षका वसन्त योगी, वडा १४ का ३५ वर्षका सन्तोष ढकाल र २२ वर्षका दामोदर रेउले घाइते हुनुभएको प्रहरीले जनाएको छ ।

ओरालो सडकमा बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिनुभयो । सडक भित्तामा ठोक्किएर अडिएका कारण ठूलो मानवीयबाट जोगिएको उहाँले बताउनुभयो ।  घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको उपचार तानसेनस्थित मिसन अस्पतालमा भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?