Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, एघार जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर ५, २०८२
|
|
१३० पटक हेरिएको
Shares
पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, एघार जना घाइते

सारांश

  •   पाल्पाको रानीमहल नजिकै बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
  • दाङबाट विद्यार्थी लिएर पाल्पाको तानसेन–१४ स्थित रानीमहल आएको ना ५ ख १०८९ नम्बरको यात्रुबहाक बस शुक्रबार बिहान बैकुण्ठे भिर नजिकै दुर्घटना हुँदा बसमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
  • दुर्घटनामा परी दाङ् जिल्ला राजापुर–४, का ४० वर्षीय सत्रुघन गुप्ता, राजापुर–५ का १२ वर्षीय सन्ध्या भण्डारी, राजापुर–६, का १८ वर्षीया दिलकुमारी रावत, सोही स्थानकी १० वर्षीया सन्तोषी चौधरी घाइते हुनुभएको छ ।

५ मङ्सिर, पाल्पा । 

पाल्पाको रानीमहल नजिकै बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दाङबाट विद्यार्थी लिएर पाल्पाको तानसेन–१४ स्थित रानीमहल आएको ना ५ ख १०८९ नम्बरको यात्रुबहाक बस शुक्रबार बिहान बैकुण्ठे भिर नजिकै दुर्घटना हुँदा बसमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा परी दाङ् जिल्ला राजापुर–४, का ४० वर्षीय सत्रुघन गुप्ता, राजापुर–५ का १२ वर्षीय सन्ध्या भण्डारी, राजापुर–६, का १८ वर्षीया दिलकुमारी रावत, सोही स्थानकी १० वर्षीया सन्तोषी चौधरी घाइते हुनुभएको छ ।  यस्तै राजापुर–६, का १९ वर्षका अजय नेपाली, वडा ५ का २३ वर्षीया सिर्जना यादव, वडा ५ को १३ वर्षका आयुष भण्डारी, १५ वर्षका अभिषेक यादव, दाङ घोराही उपमहानगरपालिका–९ का ३५ वर्षका वसन्त योगी, वडा १४ का ३५ वर्षका सन्तोष ढकाल र २२ वर्षका दामोदर रेउले घाइते हुनुभएको प्रहरीले जनाएको छ ।

ओरालो सडकमा बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिनुभयो । सडक भित्तामा ठोक्किएर अडिएका कारण ठूलो मानवीयबाट जोगिएको उहाँले बताउनुभयो ।  घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको उपचार तानसेनस्थित मिसन अस्पतालमा भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागूऔषधसहित तीन जना भारतीय पक्राउ
लागूऔषधसहित तीन जना भारतीय पक्राउ
सोधपुछका लागि चौकीमा बोलाएर प्रहरीद्वारा निर्घात कुटपिट
सोधपुछका लागि चौकीमा बोलाएर प्रहरीद्वारा निर्घात कुटपिट
भारतसँग हारेपछि शोएब अख्तरको टिप्पणी- हाम्रा खेलाडीसँग विराट, रोहित र शुभमनजस्तो सीप छैन
भारतसँग हारेपछि शोएब अख्तरको टिप्पणी- हाम्रा खेलाडीसँग विराट, रोहित र शुभमनजस्तो सीप छैन
चैते धान उत्पादनमा जोड दिन मन्त्री चौधरीको निर्देशन
चैते धान उत्पादनमा जोड दिन मन्त्री चौधरीको निर्देशन
शंखरापुरको रिसोर्टमा जुवा खेल्दै गरेका ११ जना पक्राउ
शंखरापुरको रिसोर्टमा जुवा खेल्दै गरेका ११ जना पक्राउ
सुदूरपश्चिममा सवारी दुर्घटनाबाट एक वर्षमा १७२ जनाको ज्यान गयो
सुदूरपश्चिममा सवारी दुर्घटनाबाट एक वर्षमा १७२ जनाको ज्यान गयो
     दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नामकरण पुनः परिवर्तन गर्न प्रस्ताव   
     दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नामकरण पुनः परिवर्तन गर्न प्रस्ताव   
महिला खुला गल्फ प्रतियोगिता शनिबार
महिला खुला गल्फ प्रतियोगिता शनिबार
सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित
सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित
सिराहाका प्रमुख जिल्ला अधिकारी मन्त्रालय तानिए
सिराहाका प्रमुख जिल्ला अधिकारी मन्त्रालय तानिए