समाचारको आडमा जुवाको प्रचार, एनपीएलको ‘न्युज पार्टनर’ डाफा न्युजमाथि कारबाहीको तयारी
सारांश
- नेपालको सबैभन्दा ठुलो क्रिकेट फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग (एनपीएल) को ‘अफिसियल न्युज पार्टनर’ बनेको डाफा न्युज अनलाइन सट्टेबाजी (बेटिङ) को प्रचार गरेको आरोपमा विवादमा तानिएको छ ।
- समाचारको आडमा बेटिङ प्लेटफर्मको ‘सरोगेट विज्ञापन’ गरेको भन्दै विज्ञापन बोर्डले यसमाथि कारबाहीको तयारी थालेको छ ।
- नाममा समाचार भए पनि यसको वेबसाइटमा खेलसँग सम्बन्धित समाचार विरलै अपडेट हुन्छन् ।
२ मंसिर, काठमाडौं ।
नेपालको सबैभन्दा ठुलो क्रिकेट फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग (एनपीएल) को ‘अफिसियल न्युज पार्टनर’ बनेको डाफा न्युज अनलाइन सट्टेबाजी (बेटिङ) को प्रचार गरेको आरोपमा विवादमा तानिएको छ । समाचारको आडमा बेटिङ प्लेटफर्मको ‘सरोगेट विज्ञापन’ गरेको भन्दै विज्ञापन बोर्डले यसमाथि कारबाहीको तयारी थालेको छ ।

नाममा समाचार भए पनि यसको वेबसाइटमा खेलसँग सम्बन्धित समाचार विरलै अपडेट हुन्छन् । स्वयं समाचार साझेदार रहेको एनपीएलकै समाचारसमेत वेबसाइटमा भेटिँदैन । वेबसाइटको हेडरमा राखिएको टेलिग्रामको लिङ्कले प्रयोगकर्तालाई ‘डाफा इन्डिया’ नामक च्यानलमा पुर्याउँछ । उक्त च्यानलमा बेटिङ प्लेटफर्म ‘डाफा बेट’मा लैजाने सयौँ लिङ्कहरू राखिएका छन् । यसले डाफा न्युजले कसरी प्रयोगकर्तालाई बेटिङ साइटसम्म पुर्याइरहेको छ भन्ने स्पष्ट पार्छ ।डाफा न्युज र बेटिङ साइट डाफा बेटको लोगो, ब्रान्ड कलर र डिजाइनमा समानता हुनुले पनि यो बेटिङ कम्पनीकै सरोगेट विज्ञापन भएको पुष्टि हुन्छ ।

प्रतिक्रिया