१६ मंसिर २०८२, सोमबार

मकवानपुरमा ६५ वर्षीय पुरुष मृ*त अवस्थामा फेला

२ मंसिर,  मकवानपुर ।

मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मिति२०८२।०८।०२ गते बिहानकरिब ८ः३० बजे स्थानीय ६५ वर्षीय बलबहादुर राई आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेको जिल्लाप्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घटनाबारे जानकारी पाएसँगै सोही वडाका वडा अध्यक्षले प्रहरी चौकी सुनाचुरीलाई खबर गरेका थिए।

जानकारी प्राप्त भएपछि प्रहरी हवल्दार शम्भु नारायण साहको कमाण्डमा प्रहरी टोलीतत्काल घटनास्थल पुगेर क्षेत्र सुरक्षित गरेको प्रहरीले जनाएको छ।
थप अनुसन्धानकालागिइलाकाप्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकदीपकथापाको कमाण्डमा क्इऋइ (क्अभलभ या ऋचष्mभ इााष्अभच) सहितको टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ। घटनास्थलप्रहरी चौकी सुनाचुरीबाट करिब ३ किलोमिटर पूर्व र इलाकाप्रहरी कार्यालय मनहरीबाट झण्डै ७किलोमिटर पश्चिममा पर्ने बताइएको छ।  मृतकको मृत्युको कारणबारे प्रारम्भिकअवस्थामै केहीखुल्नबाँकी रहेकाले विस्तृत विवरण आउने क्रममा रहेको जिल्लाप्रहरी कार्यालय मकवानपुरका प्रहरी नायबउपरिक्षक (एसपी) सुभाषचन्द्र बोहोरा जानकारी दिएका छन्।

Post Comment

छुटाउनुभयो कि ?