मधेसका मुख्यमन्त्रीविरुद्ध ७ दलको विरोध नवौँ दिन पनि जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २, २०८२
|
|
५३ पटक हेरिएको
Shares
मधेसका मुख्यमन्त्रीविरुद्ध ७ दलको विरोध नवौँ दिन पनि जारी

सारांश

  • मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवाद चर्किँदै जाँदा ७ राजनीतिक दलले निरन्तर विरोध प्रदर्शनलाई नवौँ दिन पनि जारी राखेका छन्।
  • विवादसँग सम्बन्धित रिटको आज सर्वोच्च अदालतमा न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ हुँदैछ।
  • जनकपुरधाममा धर्ना जारी राख्दै आएका सात दलका नेता-कार्यकर्ताले एमाले नेतृत्वका कारण प्रदेशमा राजनीतिक अस्थिरता गहिरिएको आरोप लगाएका छन्।

२ मंसिर, जनकपुर।

मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवाद चर्किँदै जाँदा ७ राजनीतिक दलले निरन्तर विरोध प्रदर्शनलाई नवौँ दिन पनि जारी राखेका छन्। विवादसँग सम्बन्धित रिटको आज सर्वोच्च अदालतमा न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ हुँदैछ। जनकपुरधाममा धर्ना जारी राख्दै आएका सात दलका नेता-कार्यकर्ताले एमाले नेतृत्वका कारण प्रदेशमा राजनीतिक अस्थिरता गहिरिएको आरोप लगाएका छन्।

धर्नामा सहभागी जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक रामअशिष यादवले एमालेकै कारण देश राजनीतिक संकटमा परेको दाबी गर्दै मधेसमा पनि सोही प्रभाव परिरहेको बताए। उनका अनुसार प्रदेशमा स्थिरता कायम होस् भन्ने उद्देश्यले आन्दोलनका कार्यक्रमहरू नवौँ दिनसम्म पनि निरन्तरता दिइएको हो।एमाले नेतृत्वमा गठन भएको सरकार संवैधानिक नभएको र प्रदेश सभा सभामुख रामचन्द्र मण्डलले दलीय पक्षपातपूर्ण भूमिका खेलेको आरोप ७ दलको छ। नवौँ दिनको प्रदर्शनमा मधेस प्रदेश सरकारको मुख्यालय मधेस भवनको मुख्य प्रवेशद्वारमै नेता-कार्यकर्ता धर्नामा बसेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्रीले गरे त्रिभुवन विमानस्थलको अनुगमन
गृहमन्त्रीले गरे त्रिभुवन विमानस्थलको अनुगमन
नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही
नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही
विधेयक ऐन, २०८१ लाई अक्षरशः कार्यान्वयन गर्न संसदीय समितिको निर्देशन
विधेयक ऐन, २०८१ लाई अक्षरशः कार्यान्वयन गर्न संसदीय समितिको निर्देशन
म अहिलेसम्म जिवित रहेँ, एकपटक फेरि क्रान्ति गर्छु : प्रचण्ड
म अहिलेसम्म जिवित रहेँ, एकपटक फेरि क्रान्ति गर्छु : प्रचण्ड
बैंकर र व्यवसायी छुट्याउने भए तीन वर्ष अनिवार्य कुलिङ पिरियड राखौं–सांसद गौतम
बैंकर र व्यवसायी छुट्याउने भए तीन वर्ष अनिवार्य कुलिङ पिरियड राखौं–सांसद गौतम
महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु
महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु
बाजुराको सदरमुकाम मार्तडी बजारमा भीषण आगलागी
बाजुराको सदरमुकाम मार्तडी बजारमा भीषण आगलागी
पर्सामा हैजाविरुद्धको खोप अभियान सुरु, ६ लाख ५४ हजारलाई दिइने
पर्सामा हैजाविरुद्धको खोप अभियान सुरु, ६ लाख ५४ हजारलाई दिइने
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो, आदेश आउन बाँकी
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो, आदेश आउन बाँकी
बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव : मंगलबारसम्म हावाहुरीसहित पानी पर्ने संभावना
बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव : मंगलबारसम्म हावाहुरीसहित पानी पर्ने संभावना