१३ चैत्र २०८२, शुक्रबार

कारोबारसँगै बढ्यो सेयर बजार, ४ कम्पनीमा १० प्रतिशत वृद्धि

१ मंसिर, काठमाडौं ।

सोमबार सेयर बजारको परिसूचक नेप्से ९.७८ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २५५० मा कायम भएको छ । १६७ कम्पनीको मूल्य बढ्दा ७६ को घट्यो भने १३ को स्थिर रह्यो । कारोबार रकम पनि सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९४ करोडको भयो । विकास बैंक र होटल तथा पर्यटन समूह १ प्रतिशतभन्दा धेरै बढे । दुई समूह निर्जीवन बीमा ०.०९ तथा अन्य ०.४९ प्रतिशत घटे ।

बैंकिङ ०.१३, विकास बैंक १.५०, फाइनान्स ०.५६, होटल तथा पर्यटन १.०८, हाइड्रोपावर ०.८८, लगानी ०.५३, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.५३, माइक्रोफाइनान्स ०.३४ तथा व्यापार समूह ०.०९ प्रतिशत बढे । चार कम्पनीको सेयर मूल्य १० प्रतिशत बढ्यो । हालै सूचीकृत भएका बन्दीपुर केबुलकार, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र झापा इनर्जीको मूल्य १० प्रतिशत बढेको हो।

Post Comment

छुटाउनुभयो कि ?